Advertisement
Advertisement
Advertisement
Advertisement

कोभिड : दुईथरी कोभिड भेरिअन्टबाट सङक्रमित ९० वर्षकी महिलाको मृत्यु

  |      10:46:00   |  
web image
web image

असार २८, । बेल्जियममा मार्च २०२१ मा मृत्यु भएकी ती महिलाले खोप लगाएकी थिइनन्।

ती महिलाले दुईजना फरक मानिसबाट ती दुई सङ्क्रमित भएको डाक्टरहरूको आशङ्का छन्।

यस प्रकारको दोहोरो सङ्क्रमणको दस्ताबेजीकरण गरिएको यो पहिलो केस भए पनि र यस्तो दुर्लभ हुने भए पनि यस्तै खाले दोहोरो सङ्क्रमण भइरहेको उनीहरूले बताएका छन्।

ती महिलामा भएको सङ्क्रमणबारे यो वर्ष आयोजना हुने कार्यक्रम  युरोपियन कङ्ग्रेस अन क्लिनिकल माइक्रोबायोलोजी एन्ड इन्फेक्सिअस डिजिजुमा छलफल हुने भएको छ।

ज्यानुअरी २०२१ मा ब्रजिलका वैज्ञानिकहरूले दुईजना मानिस एकसाथ दुई प्रकारका कोरोनाभाइरसबाट सङ्क्रमित भएको रिपोर्ट गरेका थिए। तीमध्ये एक जनालाई गामा कोरोनाभाइरस सङ्क्रमण भएको थियो।

पोर्चुगलमा अनुसन्धानकर्ताहरूले हालै एक जना १७ वर्षका व्यक्तिलाई उपचार गरेका थिए। उनलाई एकप्रकारको कोभिडबाट निको हुने क्रममा रहेका बेला अर्को प्रकारको कोभिड सङ्क्रमण भएको थियो।

दुई प्रकारका भेरिअन्टबाट सङ्क्रमित ती ९० वर्षीय महिलालाई पटक पटक आफै भुइँमा लडेपछि अस्पताल भर्ना गरिएको थियो। पछि उनमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको थियो।

प्रयोगशालामा परीक्षण गर्दा उनमा अल्फा र बीटा भेरिअन्ट दुवै रहेको पत्ता लागेको थियो।

बेल्जियमको ओएलभी अस्पतालमा कार्यरत तथा प्रमुख अनुसन्धानकर्ता डा. एनी वङकीरवर्घनले भनिन्, त्यसबेला बेल्जियममा दुवै भेरिअन्टहरू फैलिरहेका थिए त्यसैले ती महिलामा दुईथरि सङ्क्रमितबाट भाइरस सरेको हुनुपर्छ। तर उनी कसरी सङ्क्रमित हुन पुगिन् भन्नेबारे हामीलाई थाहा छैन।

उनी एक्लै बस्थिन्। तर उनका घरमा सहयोग गर्ने थुप्रैखाले मानिसहरू बाहिरबाट आउने गर्थे। दुईथरि भाइरसबाट सङ्क्रमित भएका कारण उनको स्थिति असाध्यै छिटो बिग्रनमा भूमिका थियो कि थिएन भन्न कठिन छ।

भाइरसहरूले आफ्नो सङ्ख्या बढाउँदै लग्दा निरन्तर स्वरूप परिवर्तन गर्दै जान्छन्। त्यसैबाट नयाँ भेरिअन्ट पैदा हुँदै जान्छन्।

कोभिडको पनि केही महत्त्वपूर्ण परिवर्तन भएका छन् त्यसले सङ्ख्या बढाउने उसको क्षमता बढाइदिएको हुन सक्छ वा पहिलाको सङ्क्रमण अथवा खोपबाट प्राप्त रोग प्रतिरोधी शक्तिलाई जित्ने पनि हुन सक्छ।

चिन्ता गर्नुपर्ने भेरिअन्टका रूपमा सूचिकृत गरिएका केही प्रकारलाई वैज्ञानिकहरूले नजिकबाट अनुगमन गरिरहेका छन्।

अहिले यूकेमा डेल्टा भेरिअन्ट असाध्यै द्रुत गतिमा फैलिरहेको छ।

विज्ञहरू अहिलेको खोपले त्यसबाट बचाउनेमा विश्वस्त छन्।

वैज्ञानिकहरू नयाँ खोपको विकास गर्ने क्रममा छन् जुन नयाँ भेरिअन्टमा झन् राम्रो काम गर्न सक्छन्। वैज्ञानिकहरूले त्यसलाई बूस्टर वा तेस्रो खोपका रूपमा लगाउन सकिन्छ कि भनेर काम गरिरहेका छन्।

युनिभर्सिटी अफ वारविकमा कार्यरत भाइरोलोजी विज्ञ प्रोफेशर लरेन्स यङले भने, एकजनामा दुई प्रकारका भेरिअन्ट भेटिनु आश्चर्यको कुरा हैन - त्यो एक जना दुईथरी भेरिअन्ट सङ्क्रमितबाट अर्कोमा वा दुईथरी सङ्क्रमितबाट एकजनामा सरेको हुनसक्छ।

यस्ता दोहोरो सङ्क्रमणले खोपको प्रभावकारिता घटाउँछ कि घटाउन्न वा अझ नराम्रो कोभिड १९ बन्छ भन्ने कुरा स्थापित गर्न थप अध्ययन गर्न आवश्यक छ।

- बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement