Advertisement
Advertisement
Advertisement
Advertisement

शल्यक्रिया गर्दा महिलाको मृत्यु भएपछि समातिए ब्राजिलका सेलेब्रिटी डाक्टर

  |      15:53:00   |  
 तस्विर : बीबीसीबाट
तस्विर : बीबीसीबाट

साउन ४, काठमाडौं ।  ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा. डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको चार दिनपछि पक्राउ परेका छन्।

 

उनको घरमा लिलियन कालिक्स्टो नाम गरेकी एक महिला नितम्ब अर्थात कम्मर मुनिको पृष्ठ भागको आकार बढाउन शनिवार आएकी थिइन्।

 

तर डा. फुर्टाडोले एक इन्जेक्सन दिएपछि लिलियन कालिक्स्टो गम्भीर बिरामी भएकी थिइन्। त्यसपछि फुर्टाडोले उनलाई अस्पताल लगेको प्रहरीको भनाइ छ।

 

के भयो ?


आफू पक्राउ परेपछि डा. फुर्टाडोले पछिल्लो दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् /तस्विर : इन्स्ट्राग्राम 

तर अस्वभाविक रूपमा मुटुको चाल बढेकोू पाइएकी कालिक्स्टोको उपचारको क्रममा मृत्यु भएको थियो।

४६ वर्षिया कालिक्स्टो दुई बच्चाकी आमा भएको बताइएको छ। उनको मृत्यु भएपछि फुर्टाडो भागिरहेका थिए। डाक्टर बमबम नामले चिनिने फुर्टाडो ब्रजिलको टेलिभिजनमा नियमित देखिने अनुहार हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनलाई करिब ६ लाख ५० हजार व्यक्तिले पछ्याइरहेका छन्।

 

उनलाई गोप्य सुराकीका आधारमा प्रहरीले रियो महानगरबाट पक्राउ गरेको हो। आफू पक्राउ परेपछि सामाजिक सञ्जालमा राखिएको एक भिडिओमा ४५ वर्षिय फुर्टाडोले पछिल्लो घटना एक ठूलो दुर्घटनाू भएको उल्लेख गर्दै आफूले त्यसअघि ९,००० जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको बताएका छन्।

 

कस्तो इन्जेक्सन ?
त्यस्तो शल्यक्रिया ब्राजिलमा गैरकानुनी नभएको उनले बताएका छन्। 
तर प्रहरीले उनीविरूद्ध हत्याको अभियोग लगाउने भएको छ। नितम्बको आकार बढाउने शल्यक्रियाको क्रममा उनले ती महिलालाई एक्रिलिक ग्लास फिलरको इन्जेक्सन दिएको अनुमान गरिएको छ।

 

शल्यक्रियाका क्रममा सहयोग गरेको अभियोगमा डा. फुर्टाडोकी प्रेमिकालाई पनि प्रहरीले पक्राउ गरेको छ।                                       


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement