साउन ९, काठमाडौं । सर्बियाली मेकअप कलाकार मिर्जाना किका मिलोसेभिक द्धृष्टिभ्रम सिर्जनागर्न आफ्नो जिउ रङ्ग्याउँछिन र आफुलाई गायब पार्न सक्छिन् । जो कसैलाई सुन्दा पनि यो कुरा अनौठो लाग्छ, तर यो सत्य हो कि सर्बियाली मेकअप कलाकारमिर्जना आफूलाई रंगले पोतेरै विभिन्न रुपमा ढाल्न सक्छिन् । आफ्नो पेटलाई डोरीले बाँध्छिन् र आफ्नै “अस्थिपञ्जर” पनि देखाउन सक्छिन् ।
यो कुनै जाँदु होइन, यो उनको मेकअपको कमाल हो । मिर्जाना किका मिलोसेभिक आफुलाई छालाको जादुगर भन्न रुचाउँछिन् । ५ करोड ६० लाख भन्दा बढिले उनको युट्य्व हरेसकेका छन् ।
मिर्जाना भन्छिन् – ‘भ्रम पैदा गर्न सजिलो छैन मलाई । उनलाई आराम गर्न, सगीत सुन्न र अभिप्रेरित हुन एक दिन चाहिन्छ । त्यसको भोलीपल्ट मेरो टेवल, मेरो मेकअप र तीन वटा ऐना तयार पार्छु । र जिउ रंग्याउन शुरु गर्छु । द्धृष्टिभ्रम सिर्जनागर्न कहिलेकाही मलाई २ घण्टा र कहिले ८ वा ९ घण्टा लाग्छ । जिउ रंग्याएर द्धृष्टिभ्रम सिर्जनागर्न मलाई मन पर्छ किनकि १ दिनका लागि म अरुनै कोही बन्न पाउँछु । त्यस बाहेक म मानिसहरुलाई मनोरंजन गराउँछु ।’
यस्तो छ भिडियो :