Advertisement
Advertisement
Advertisement
Advertisement

आर्थिक क्षमताका लागि समुदायमा रहेका महिलाहरूको ऐक्यबद्धता लोभलाग्दो

  |      06:28:00   |  
हेटौंडा चेली समाज
हेटौंडा चेली समाज

हेटौंडा। पछिल्लो समयमा समुदायका महिलाको पहुँच एवं सशक्तता बढ्दो छ । महिलाहरू विभिन्न पेसा र क्षेत्रमार्फत आफूलाई परिस्कृत र परिमार्जित गर्दैछन् । सामाजिक, राजनीतिक, आर्थिक क्षमताका लागि समुदायमा रहेका महिलाहरूको ऐक्यबद्धता लोभलाग्दो छ । विभिन्न समूह बनाएर उनीहरू आफ्नो सीप र क्षमतालाई आयआर्जनतर्फ लक्षित गरिरहेका छन् । यस्तै जुझारु महिलाहरूको समूह हेटौंडा चेली समाज अहिले समाजमा उल्लेखनीय योगदान दिइरहेको संस्था हो ।

 

वि.सं. २०६४ सालमा स्थापित यो सामाजिक संस्था विशुद्ध सेवाभावले खोलिएको समूह हो । मकवानपुर जिल्ला लक्षित हेटौंडा चेली समाजले जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर, गरिब तथा असहाय महिलाको स्वास्थ्योपचार, विपत् व्यवस्थापन तथा सहयोगका साथै भूकम्पपीडितका लागि खाद्यान्न एवं कपडा सहयोग गरिसकेको छ । समूहकी अध्यक्ष मीरा कार्की भन्छिन्–सुरुवाती दिनमा हामीले व्यक्तिगत खर्चमा सामाजिक सेवामा पहल गर्‍यौं ।

 

पछिल्लो समयमा आफ्नो सीप परिचालन गर्दै आयमूलक काममा पनि हात हालेका छौं । ८० सदस्यीय हेटौंडा चेली समाजले पछिल्लो समयमा नयाँ कामको सुरुवात गरेको छ । समूहद्वारा सञ्चालित स्वर्ण उत्सव नामक अभियानले विवाह, व्रतबन्ध एवं पास्नीका लागि आवश्यक सामग्री बिक्री गर्छ । त्यति मात्र होइन यो संस्थाले यस्ता सामग्री भाडामा दिनुका साथै बाजा व्यवस्थापन, साइपाटा सजाउने काम पनि गर्छ । जग्गे, गेट तथा गाडी डेकोरेसन गर्ने काममा समेत उनीहरू अब्बल छन् । समूहकी उपाध्यक्ष भानु मल्लले भनिन्–‘हाम्रो काम एकपटक हेर्नेले दोहोर्‍याएर बोलाउँछन् । हामी गुणस्तरीयतामा विश्वास गर्छौं ।’ साइपाटाको लोभलाग्दो सजावट, जग्गे र गेटको सिंगारपटार, आकर्षक पास्नीका सामग्री हेटौंडा चेली समाजद्वारा सृजित विशेष सिर्जना हुन् । समूहकी सदस्य मैंया स्थापितका अनुसार यसरी सिंगार्ने काममा उनीहरू स्वयं खटिन्छन् ।

 

समूहले धेरैलाई रोजगार प्रदान गर्नुका साथै गृह निर्मातृहरूको सीपलाई पनि आर्थिक क्रियाकलापतर्फ डोर्‍याएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement