वैशाख ४, । बुवा-आमा र उनीहरुका सन्तानबीचको सम्बन्ध पवित्र, माया र सद्भावले भरिपूर्ण अनि दुनियाँले कुनै प्रश्न उठाउन नसक्ने खालको हुन्छ । भलै कतिपय दुराचारीहरुले आफ्नै छोरीलाई यौनजन्य दुर्व्यवहार गरेका घटना सार्वजनिक हुने गरेका छन् बेला बेलामा ।
हामीकहाँ अभिभावकले आफ्नै सन्तानलाई बिहे गर्ने भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । तर अमेरिकामा चाहिँ एकजना व्यक्तिले आफ्नै सन्तानसँग बिहे गर्न पाउँ भनेर अदालतमा निवेदन दिएका छन् ।
अमेरिकाको न्युयोर्कमा बस्ने ती व्यक्तिले म्यानहटन संघीय अदालतमा यो महिनाको सुरुतिरै उक्त निवेदन दर्ता गरेको बताइएको छ ।
हाडनाताको अवैध सम्बन्धलाई प्रतिबन्धित गर्ने अमेरिकी कानुन खारेज गरी आफ्नो वयस्क सन्तानसँग आफूलाई बिहे गर्न अनुमति दिनुपर्ने उनको माग छ ।
समाजमा नैतिक, सामाजिक तथा जैविकरुपले समेत अस्वीकार्य मानिने उक्त कामका लागि अनुमति माग्ने ती अभिभावक र उनले बिहे गर्न चाहेको आफ्नो सन्तानको नाम, उमेर, लिङ्ग आदि अदालतले गोप्य राखिदिएको छ ।
अप्रिल १ मा अदालतमा हालेको फिरादपत्रमा उनले भनेका छन्, ‘अगाडि जुनसुकै सम्बन्धमा रहेका भए पनि बिहे पश्चात् बिहेको आत्मीय बन्धनमार्फत् दुई व्यक्तिले उच्चस्तरको अभिव्यक्ति, आत्मीयता र आध्यात्मिकता प्राप्त गर्न सक्दछन् ।’
अदालतका अनुसार निवेदनमार्फत् बिहेको अनुमति मागिएका प्रस्तावित दम्पती दुवैजना वयस्क छन् । उनीहरु जैविकरुपले अभिभावक र सन्तान हुन् । तर उनीहरु सँगै प्रजनन गर्न सक्दैनन् ।
न्युयोर्कमा हाडनाता करणी कानुनतः बर्जित छ र उक्त अपराधमा ४ वर्षसम्मको जेल सजाय हुन्छ । त्यस्तै हाडनातामा गरिएको बिहे रद्द गरिने र त्यसरी बिहे गर्नेलाई ६ महिनाको जेल सजाय हुने कानुनी प्रावधान छ ।
- एजेन्सीको सहयोगमा
माघ ४, काठमाडौं । जापानको हवाई विमान कम्पनी ‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व...
पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा...
मंसिर २६, काठमाडौं । अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको...
मंसिर २६, काठमाडौं । बीबीसीका अनुसार उनले रगत बेच्ने व्यवसायीका कारण ग्रामीण इलाकामा एचआईभी...
मंसिर २५,काठमाडौं । भारतकी एक २६ वर्षीया डाक्टरले प्रमीले दाइजो मागे पछि आत्महत्या गरेकी...
मंसिर २१, काठमाडौं । १०० शक्तिशाली महिलाको सूचीमा सीतारमणलाई भारतीय अर्थमन्त्री निर्मला...
मंसिर २१, काठमाडौं । दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक...
मंसिर १९, काठमाडौं ।बुधबारअमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ...
मंसिर १५,काठमाडौं । आफ्नो प्रेमी र प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस्...