भदौ ३, काठमाडौं । इस्लामिक स्टेट (आईएस) लडाकु समूहद्वारा दासीको रूपमा बेचिएकी एक किशोरीले भागेर जर्मनी पुग्दा आफूलाई बन्धक बनाएकै व्यक्तिसँग त्यहाँको सडकमा जम्काभेट भएपछिको त्रासदी बीबीसीलाई सुनाएकी छन्। आईएसका लडाकुले यजिदी समुदायको बहुल क्षेत्रसहित उत्तरी इराकमा कब्जा जमाउँदा अश्वाक १४ वर्षकी मात्र थिइन्।
लडाकुहरूले हजारौं महिलासँगै अश्वाकलाई पनि यौनदासी बनाए र उनलाई एक सय डलरमा अबु हमाम नाम गरेका व्यक्तिसँग बेचिदिए। उनी बलात्कृत भइन्, पिटिइन अनि तीन महिनापछि भाग्न सफल भइन्। त्यसपछि उनी आफ्नी आमा र एकजना भाइसँग जर्मनी गइन्।
केही महिनाअघि सुपरमार्केट बहिरको बाटोमा कसैले आफूलाई बोलाएको उनले सुनिन्। अश्वाकले बीबीसीलाई भनिन्, "स्कुलबाट फर्किदैँ गर्दा एउटा कार मेरो छेउमा रोकियो। अगाडिको सिटमा बसेको मान्छेले जर्मन भाषामा मलाई 'तिमी अश्वाक हौं?' भनेर सोध्यो। म तर्सिएँ, काँपिरहेकी थिएँ। मैले 'होइन, तपाईँ को हो' भनी सोधेँ।" उनका अनुसार त्यो मान्छेले जवाफ दियो, "मलाई थाहा छ तिमी अश्वाक नै हौं र म अबु हमाम।"
स्कुलबाट फर्किदैँ गर्दा एउटा कार मेरो छेउमा रोकियो। अगाडिको सिटमा बसेको मान्छेले जर्मन भाषामा मलाई 'तिमी अश्वाक हौं?' भनेर सोध्यो। म तर्सिएँ, काँपिरहेकी थिएँ। मैले 'होइन, तपाईँ को हो' भनी सोधेँ।अश्वाक, किशोरी
त्यसपछि उक्त व्यक्तिले अरबी भाषामा आफूसँग झुटो नबोल्न आग्रह गरेको बताउँदै उनले सुनाइन्, "उसले भन्यो, म तिमीलाई चिन्छु। र, तिमी कहाँ र कोसँग बस्छ्यौँ मलाई थाहा छ।" उनका अनुसार त्यो व्यक्तिसँग जर्मनीमा उनको दिनचर्याबारेको सबै जानकारी थियो। जर्मनीमा त्यस्तो देख्नु पर्ला भन्ने जीवनमा कहिल्यै नचिताएको उनले बताउँदै भनिन्, "मैले पीडा र यातना बिर्सिन परिवार छाडेँ, देश छाडेँ र जर्मनी पुगेँ।….."
जीवनमा कहिल्यै नहोस् भनेर चिताएको कुरा भनेको मलाई बन्धक बनाएका व्यक्तिसँगको भेट र उसले मेरो बारेमा सबै थाहा पाउनु रहेको थियो।
जर्मनीका अभियोजनकर्ताका अनुसार अश्वाकले घटना भएको पाँच दिनपछि त्यसबारे प्रहरीमा उजुरी दिइन्। इराकमा आफूले भोगेको दर्दनाक अनुभवसहित सबै कुरा अनुसन्धानकर्तालाई बताएको उनले जानकारी दिइन्। प्रहरीलाई सुपरमार्केटको सीसीटिभीको फुटेज हेर्न आफूले आग्रह गरेपनि त्यसो नभएको उनको भनाइ छ। उनले भनिन्, "मैले पूरै महिना पर्खिएँ, तर कुनै खबर पाइनँ।" उनी नयाँ जीवन सुरु गर्ने आशामा जर्मनीको पूर्वी शहर पुगेकी थिइन्।
तर त्यो घटनापछि उनी आफूलाई कब्जामा राखेका व्यक्तिसँग पुन: भेट हुनसक्ने त्रासकाबीच र आईएसबाट उद्धार गरिएका आफ्ना चारजना दिदीबहिनीहरूसँग पुनर्मिलनको आशाका साथ फेरि उत्तरी इराक फर्किइन्।
अश्वाकका बाबुले अझै पनि कैयौं आफन्त हराइरहेको बीबीसीलाई बताए -श्वाकका बाबुले अझै पनि कैयौं आफन्त हराइरहेको बीबीसीलाई बताए
उनले भनिन्, "यदि तपाईँले त्यस्तो भोग्नु भएको छैन भने तपाईँलाई त्यो के हो भन्ने थाहा नै हुँदैन।…त्यो त सिधै मुटुमा पुग्छ। जब आईएसबाट कुनै केटी बलात्कृत हुन्छे, उसलाई त्यो मानिस फेरि देख्दा कस्तो हुन्छ भन्ने तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न।" जर्मनीको एउटा अदालतका प्रवक्ताले पहिचान गर्ने विद्युतीय प्रविधि र अश्वाकको वयानका आधारमा अबु हमामको पत्तो लगाउन प्रहरीले सबै प्रयास गरेको तर विफल भएको बताए।
जुन महिनामा उनीहरूले अनुसन्धानको सिलसिलामा फेरी जुन महिनामा अश्वाकलाई सम्पर्क गरे, त्यतिबेला उनी इराक गइसकेकी थिइन्। जर्मनीमा अभियानकर्मीले उक्त घटना ओझेलमा पर्न नसक्ने बताएका छन्। अश्वाकले आफ्नो जस्तै जिहादीको कब्जाबाट भागेका अन्य यजिदी युवतीहरूले भोगेको व्यथाबारे आफू जानकार रहेको बताएकी छन्। जबकी सबै घटनाहरू अधिकारीहरूसम्म पुगेका छैनन्।
कुर्दिस्तानमा अहिले यजिदी शिविरमा बसिरहेकी अश्वाक आफ्नो अध्ययनलाई अझैं निरन्तरता दिन चाहन्छिन। उनी र उनको परिवारले पनि देश छाड्न चाहन्छन्। अश्वाकका बुवाले बीबीसीलाई भने, "हामी आईएसका मानिसहरूबाट त्रस्त छौं।" तर जर्मनीमा भोगेको अनुभवले अश्वाकमा गम्भीर असर परेको छ।
उनी भन्छिन्, "संसार नै तहसनहस भयो भनेपनि म फेरि जर्मनी जान्नँ।" अन्य यजिदीहरूजस्तै उनको परिवारले पनि 'आईएसद्वारा कब्जामा परेका महिलाहरूको निम्ति विशेष कार्यक्रम' अन्तर्गत अष्ट्रेलियामा बस्न आवेदन दिएका छन्।
- बिबिसीबाट
माघ ४, काठमाडौं । जापानको हवाई विमान कम्पनी ‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व...
पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा...
मंसिर २६, काठमाडौं । अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको...
मंसिर २६, काठमाडौं । बीबीसीका अनुसार उनले रगत बेच्ने व्यवसायीका कारण ग्रामीण इलाकामा एचआईभी...
मंसिर २५,काठमाडौं । भारतकी एक २६ वर्षीया डाक्टरले प्रमीले दाइजो मागे पछि आत्महत्या गरेकी...
मंसिर २१, काठमाडौं । १०० शक्तिशाली महिलाको सूचीमा सीतारमणलाई भारतीय अर्थमन्त्री निर्मला...
मंसिर २१, काठमाडौं । दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक...
मंसिर १९, काठमाडौं ।बुधबारअमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ...
मंसिर १५,काठमाडौं । आफ्नो प्रेमी र प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस्...