Advertisement
Advertisement
Advertisement
Advertisement

अश्वेतमाथि महिला अधिकारीले चलाएको गोली नियतवश नभई गल्ती थियो : अमेरिकी प्रहरी प्रमुख

  |      14:08:00   |  
Web : Image
Web : Image

चैत ३१, । मिनेसोटाको ब्रुकलिन सेन्टर नामको अमेरिकाको एक शहरमा अश्वेत व्यक्तिमाथि चलेको प्रहरीको गोली नियतवश नभई गल्तीपूर्वक भएको प्रहरी प्रमुखले बताएका छन् ।

२० वर्षका डन्टे राइटमाथि ‘टेजर गन’ प्रयोग गर्न लागेका बेला गल्तीपूर्वक वास्तविक बन्दुक हातमा परेको प्रहरी प्रमुख टिम ग्याननले पत्रकारलाई भने ।

बन्दुक हान्ने प्रहरी अधिकारीको नाम किम पोटर बताइएको छ, उनले ब्रुकलिन सेन्टर प्रहरीमा २६ वर्ष काम गरेकी छिन् ।

राइटको मृत्युपश्चात् विरोध प्रदर्शन चर्किएको छ , साथै करफ्यूको पनि घोषणा भएको छ ।

सोमबार अबेर राती, प्रदर्शनकारी कर्फ्यूको अवज्ञा गर्दे दोस्रोपटक ब्रुकलिन सेन्टर प्रहरी हेडक्वार्टसमा भेला भए । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले फ्याँकेको टियर ग्यास र बेहोस पारिदिने ग्रेनेडको जवाफमा प्रदर्शनकारीले आगोका गोला र बोतल फ्याँकेका थिए ।

डन्टे राइटलाई आइतबार ट्राफिक नियम मिचेको आरोपमा पक्राउ गरिएको थियो । उनी आफ्नो कारमा बस्न लागेका बेला संघर्ष भएको थियो ।

सोमबार  बिहान  आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ग्याननले एउटा भिडियो सार्वजनिक गरे । उक्त भिडियो महिला प्रहरी अधिकारीले लगाएको बडी क्यामराको थियो ।

त्यसपछि ती महिला अधिकारीले ‘टेजर, टेजर, टेजर’ भनेको सुन्न सकिन्छ । टेजर गन कसैलाई विद्युतीय झट्का प्रदान गर्नका लागि दिइन्छ । त्यसपछि राइटलाई आफ्नो कार भित्र प्रवेश गरेको देख्न सकिन्छ । त्यस लगत्तै ती महिला अधिकारीले भन्छिन्, ‘मैले भर्खरै उनलाई गोली हाने ।’

गम्भीर रुपमा घाइते राइटको गाडी केही पर दुर्घटना भयो ।

‘मलाई के लाग्छ भने ती अधिकारीले टेजर हान्न खोज्दा गल्तीपूर्वक बुलेट लागेको हो,’ प्रमुख ग्याननले भने । ‘पीडा कम गर्नका लागि मैले योभन्दा बढी केही भन्न सक्दिनँ ।’

ती महिला अधिकारीलाई प्रशासनिक बिदामा राखिएको छ ।

उक्त पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक एलियटले डन्टे राइटलाई न्याय दिनका लागि आफूले जे पनि गर्ने बताएका छन् ।

- बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement