वैशाख २ , । ती प्रहरी अधिकारी किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ।
पोटरले चाहिँ २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको बताएकी छन्।
उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।
त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या ूसुनियोजित र शक्तिको गैरन्यायीक प्रयोगू भएको बताएका छन्।
पोटर र प्रहरी प्रमुख टिम गानन्ले ब्रुकलिन सेन्टर फौज छाडेका छन्।
उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको छ।
उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो।
त्यहाँ गत वर्ष मारिएका अश्वेत जोर्ज फ्लोइडको हत्याको आरोप लागेका एकजना श्वेत पूर्वअधिकारीमाथि सुनुवाइ हुने क्रममा त्यहाँ तनाव बढेको थियो।
मिनसोटाको ब्यूरो अफ क्रिमिनल एप्रिहेन्सन ९बीसीए० ले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ।
उक्त मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ।
राइटको हत्यापछि उक्त क्षेत्रका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए र रात्रिकालीन कर्फ्यु लगाएका थिए।
- बीबीसी
माघ ४, काठमाडौं । जापानको हवाई विमान कम्पनी ‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व...
पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा...
मंसिर २६, काठमाडौं । अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको...
मंसिर २६, काठमाडौं । बीबीसीका अनुसार उनले रगत बेच्ने व्यवसायीका कारण ग्रामीण इलाकामा एचआईभी...
मंसिर २५,काठमाडौं । भारतकी एक २६ वर्षीया डाक्टरले प्रमीले दाइजो मागे पछि आत्महत्या गरेकी...
मंसिर २१, काठमाडौं । १०० शक्तिशाली महिलाको सूचीमा सीतारमणलाई भारतीय अर्थमन्त्री निर्मला...
मंसिर २१, काठमाडौं । दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक...
मंसिर १९, काठमाडौं ।बुधबारअमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ...
मंसिर १५,काठमाडौं । आफ्नो प्रेमी र प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस्...