Advertisement
Advertisement
Advertisement
Advertisement

अब महिला स्वास्थ्य स्वयंसेवि र कर्मचारीका सन्तानलाई स्वास्थ्य विषय पढ्न छात्रवृत्ति दिने

  |      21:50:00   |  
फाइल फोटो
फाइल फोटो

काठमाडौं। स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्‍याइरहेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीका सन्तानलाई स्वास्थ्य विषय पढ्न छात्रवृत्ति दिने तयारी भइरहेको बताएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा बोल्दै मन्त्री थापाले सिटिइभिटीबाट प्रदान गरिने छात्रवृत्तिको पाँच प्रतिशत स्वयंसेविकाको छोराछोरी र पाँच प्रतिशत कर्मचारीका छोराछोरीका लागि छुट्याइएको बताए ।

 

सिटिइभिटी अन्तर्गत पढाइ हुने विषयका लागि दिइने छात्रवृत्तिमा बाँकी पाँच प्रतिशत मन्त्रालय अन्तर्गत काम गर्ने स्वास्थ्यकर्मीका छोराछोरीले पाउनेछन् । उनले भने, ‘उहाँहरुले स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योगदान स्वरुप यो व्यवस्था गर्न लागिएको हो ।’

 

यसैगरी स्वास्थ्य मन्त्रालय अन्तर्गत काम गर्ने चिकित्सकलाई पोष्ट ग्य्राजुएट (पीजी)का लागि छात्रवृत्ति दिए जस्तै अनमी, अहेव र नर्सलाई छात्रवृत्ति दिइने बताए । उनले भने, ‘अनमीलाई स्टाफ नर्स पढ्न, अहेवलाई एच पढ्न र स्टाफ नर्सलाई थप पढ्न छात्रवृत्तिको व्यवस्था गरिनेछ।’
 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारीको मनोबल उच्च हुनु जरुरी भएको भन्दै यस्ता सेवा सुविधा दिइने तयारी गरिएको बताएका हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement