Advertisement
Advertisement
Advertisement
Advertisement

अफगानी राजदूतकी छोरी पाकिस्तानमा अपहरित र' चरम यातना' दिइएको आरोप

  |      10:47:00   |  
अफगानी राजदूतकी छोरी पाकिस्तानमा अपहरित र' चरम यातना' दिइएको आरोप

साउन ३, पाकिस्तान । पाकिस्तानका लागि अफगानी राजदूतकी छोरीलाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको अधिकारीहरूले बताएका छन्।  

पाकिस्तानी राजधानी इस्लामावादमा सिलसिला अलिखिल शुक्रवार केही घण्टा अपहरणकारीको कब्जामा परेकी थिइन्।  

अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई चरम यातना' दिइएको थियो र उसले त्यसबारे असन्तुष्टी दायर गर्नेछ।  

दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ।  

पाकिस्तानी अधिकारीहरूका अनुसार बीसको  उमेरमा रहेकी सिलसिला अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पीटपाट गरेका थिए। 

अपहरणमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो।

राजदूत नजिब अलिखिलले अमानवीय आक्रमणुको भत्सर्ना गर्दै अहिले उनकी छोरीको अवस्था ठीक हुँदै गएकोबताए।   

सुरक्षा माग

अफगानी विदेश मन्त्रालयले आफ्नो गम्भीर चिन्ता' व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ।  

राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ। 

पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउन गर्न चाहेको बताएका छन्।

अफगानिस्तानमा हिंसा बढिरहेका बेला  पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ। 

अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ। 

तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ।  

अमेरिकाले आफ्ना सुरक्षाकर्मी ११  सेप्टेम्बर अगावै अफगानिस्तानबाट फर्काउने भनेपछि अफगानिस्तानमा तालिबानी प्रभाव बढ्दै गएको छ।  

अमेरिकाका अरू सहयोगी मुलुकहरू यूके लगायतले आफ्ना सबै सुरक्षाकर्मीलाई देश फर्काइसकेका छन्।  

पाकिस्तानले भने उसको भूमिबाट लडाकुहरूलाई आक्रमण गर्न दिएको भन्ने आरोप अफगानिस्तानमाथि लगाउने गरेको छ।

- बीबीसी

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement