Advertisement
Advertisement
Advertisement
Advertisement

इन्द्रजात्राको अन्तिम दिन तीनवटा रथ आठ सय महिलाले तान्ने

  |      17:21:00   |  
web image
web image

भदौ १०, काठमाडौं । इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ । मंगलबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजसहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले काभ्रेको नालाबाट ल्याइएको लिंगो उठाएर इन्द्रजात्रा सुरु भएको संकेत गर्ने गरिएको बताए । ‘मंगलबार १०:३७ मा लिंगो उठाएसँगै इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको संकेत हो । लिंगो उठाएसँगै विभिन्न देवीनाच, लाखेनाचलगायत सुरु भइसकेको छ,’ अध्यक्ष शाक्यले भने । जात्राअन्तर्गतका वन प्रस्थान, लिंगो नगर प्रवेशलगायत कर्म सम्पन्न भइसकेका छन् ।

लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रूपमा पूजा गर्ने चलनलाई मल्लकालसँग जोडेर हेर्ने गरिएको छ ।

इन्द्रजात्राको अन्तिम दिन ८०० महिलाले रथ तान्ने
इन्द्रजात्राको अन्तिम दिन नानीचायाः (नेवारी भाषामा नानी अथवा महिलाले रथ तान्ने)मा आठ सयजना महिलाले रथ तान्नेछन् । उक्त दिन कुमारी, गणेश र भैरव गरेर तीनवटा रथ आठ सय महिलाले तान्ने भएका हुन् । २० वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेरका महिलाहरू रथयात्रामा सहभागी हुनेछन् । ०६९ सालदेखि इन्द्रजात्राको अन्तिम दिन नानीचायाः हुन थालेको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका सल्लाहकार स्व. मोहनकृष्ण डंगोलले महिलाले पनि रथ तान्ने प्रस्ताव अगाडि बढाएका थिए । सोहीअनुसार नानीहीरा महर्जन, सजनी महर्जन, ज्ञानशोभा महर्जनलगायतको १३ समूह बनेको थियो । यी महिलाको समूहले सुरु गरेको रथ तान्ने काम यसपटकसहित गरेर ११औँपटक हुनेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement