भदौ १२,काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने जानकारी दिएकी छिन्।
सुवेदीले सबै समिति सदस्यहरुको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिन्।
सभापति सुवेदीले समितिले दिएका निर्देशनहरु सरकारलाई छिटो कार्यान्वयन गराउन लागिपर्ने बताइन्। समितिको निर्देशनहरुलाई सरकारबाट कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने बताएकी छन्।