भदौ ७, काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताएकी हुन् । उनले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने जानकारी दिइन् । पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने भनिन् ।