साउन २४, काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित माउन्ट केटुुको सफल आरोहण गरि फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान नेपाल आइपुगेकी छिन्। आज स्वदेश फकिएकी उनलाई विमानस्थलमा स्वागत गरिएको थियो ।
पर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन्।८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमालको पूर्णिमाले गत साउन ११ गते सफलतापूर्वक आरोहण गरेकी थिइन् । यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् ।