Advertisement
Advertisement
Advertisement
Advertisement

‘प्रश्न बुझ्नमै अल्झिए ज्ञान कसरी जाँचिन्छ?’—सृष्टि भट्टराई

  |      13:05:00   |  
‘प्रश्न बुझ्नमै अल्झिए ज्ञान कसरी जाँचिन्छ?’—सृष्टि भट्टराई

असोज १५ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले उच्च शिक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले परीक्षामा विद्यार्थीको ज्ञान र विषयगत क्षमता परीक्षण हुनुपर्नेमा भाषा बुझ्ने क्षमतामै सीमित हुन नहुने बताइन्।
आफूले हालै मास्टर्स तहको परीक्षा दिएको अनुभव सुनाउँदै उनले परीक्षाका क्रममा छेउमा बसेकी एक विद्यार्थीले प्रश्न नै नबुझेको बताएको उल्लेख गरिन्। त्यसपछि आफूमा पनि ‘परीक्षाले ज्ञान जाँचिरहेको हो कि भाषा बुझ्ने क्षमतारु’ भन्ने प्रश्न उठेको उनको भनाइ थियो।
भट्टराईले नेपालमा अंग्रेजी र नेपाली दुवै भाषाको शिक्षाबीच हुर्किएको पुस्ताले उच्च शिक्षामा भाषाको समस्या भोगिरहेको बताइन्। उनका अनुसार सामुदायिक क्याम्पसमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्ययन गरेका विद्यार्थी हुने भए पनि कतिपय अवस्थामा प्रश्नपत्र भने अंग्रेजी भाषामै आउने गरेको छ।
उनले भनिन्, “विद्यार्थीले विषय बुझ्ने कि परीक्षा हलमै प्रश्नको अनुवाद गर्नेरु” प्रश्नपत्र बुझ्नै कठिन हुने अवस्थामा विद्यार्थीले आफूले जानेको विषयवस्तु कसरी प्रस्तुत गर्ने भन्ने समस्या उत्पन्न हुने उनको तर्क छ।
सांसद भट्टराईले स्नातक तहमा सम्भव भएको व्यवस्था स्नातकोत्तर तहमा पनि लागू गर्न सकिने बताउँदै भाषा ज्ञान प्रदर्शन गर्ने माध्यम बन्नुपर्ने, ज्ञान हासिल गर्ने क्रममा बाधा बन्न नहुने धारणा राखिन्।
उनले उच्च शिक्षामा विद्यार्थीको भाषिक विविधतालाई ध्यानमा राख्दै प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement