साउन २३, काठमाडौं ।काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् । नीरज पोखरेलको घरको कम्पाउण्ड पर्खाल भत्किँदा १७ वर्षीय शर्मिला तामाङसँगै टहरोमा सुतेकी घाइते भएकी छन् ।
उदयपुर घर भएकी १७ वर्षीय शर्मिला तामाङको टाउकोमा चोट लागेको छ । घर कम्पाउन्डको पर्खाल भत्किँदा सो स्थानमा जग्गा भाडामा लिएर ओखलढुङ्गाका राज कुमार बुढाथोकीले बनाएको टहरो भत्किएको हो । शर्मिला टहरोमा सुतिरहेकी थिइन् ।उनीलाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ ।