साउन १९,काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाफ हुने गरी कलाकारहरूले टिकटक बनाएकोमा आपत्ति जनाएको छ ।
कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति गुरुङको आपत्ति छ ।
तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिए ।व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउनु पर्ने माग छ ।