Advertisement
Advertisement
Advertisement
Advertisement

प्रधानमन्त्री पुष्पकमलसँग भारत जाने प्रतिनिधिमण्डलको टुङ्गो भोलि, सकेसम्म सानो टिम बनाउनु पर्छ : सञ्चार मन्त्री

  |      15:25:00   |  
web image
web image

जेठ १४,काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँग भारत भ्रमणमा जाने प्रतिनिधि मण्डल र एजेन्डाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दुवै विषयमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने जानकारी दिइन् ।

‘प्रतिनिधिमण्डलमा को को जाने भन्ने ठ्याक्कै टुङ्गो लागेको छैन । तर सम्झौता हुने विषयसँग सम्बन्धित अधिकारी मात्र जाने भन्ने भएको छ । त्यसकारण यति नै जना भन्ने छैन सकेसम्म सानो टिम बनाउने भन्ने छलफल भएको छ’, मन्त्री शर्माको भनाइछ ।

त्यस्तै उनले प्रमका भारत भ्रमणका एजेन्डाको पनि अन्तिम टुङ्गो भोलिको मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिइन् । उनले ऊर्जा, सीमा,सरसफाइलगायतका विषय एजेन्डाका रूपमा रहने तयारी भइरहेको बताइन् । साथै एजेन्डाका बारेमा मन्त्रालयहरूले तयारी गरिरहे पनि अन्तिम टुङ्गो लागि नसकेको मन्त्री शर्माको भनाइ छ ।

‘जानैपर्ने आवश्यक बाहेक अरू जाने कुरा हुँदैन, सकेसम्म सानो टिम बनाउने भन्ने छ’, मन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते चार दिने भारत भ्रमणमा जाँदैछन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement