Advertisement
Advertisement
Advertisement
Advertisement

अर्थमन्त्री राष्ट्रिय सभामा गएपछि संसद् सञ्चालनमा उपसभामुख इन्दिरालाई अप्ठ्यारो

  |      16:45:00   |  
web image
web image

बैशाख २५, काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल चलिरहेको थियो । कांग्रेस सांसद बद्री पाण्डे रोस्ट्रमबाट आफ्ना धारणा राखिरहेका थिए । त्यसैबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सिटबाटउठेर नियमापत्ति जनाउँछिन् ।

संसद् बैठक सञ्चालन उपसभामुख इन्दिरा रानामगरले चलाइरहेकी थिइन् । सांसद श्रेष्ठले नियमापत्तिका लागि समय मागेपछि उपसभामुखले समय दिएको हो कि होइन भन्ने यकिन हुन्न । तर बोल्ने माइक भने खुल्दैन । त्यसैबीचमा रास्वपा र एमालेका अरु सांसदहरू पनि सिटबाट उठेर नियमापत्ति जनाउँछन् ।

उपसभामुख त्यसैबीचमा अर्थमन्त्री प्रकाशरण महत राष्ट्रिय सभामा गएको जानकारी गराउँछिन् ।'माननीय सदस्यहरू अर्को बैठक बसिरहेको हुनाले राष्ट्रिय सभामा अर्थमन्त्री त्यहाँ जानुभएको हुनाले, राष्ट्रिय सभामा समानान्तर बैठक बसिरहेको हुनाले' उपसभामुख रानामगर भन्छिन् । सांसद श्रेष्ठ, एमाले सांसद सूर्य थापालगायतले आपत्ति जनाउँदै फेरि समय मागिरहे । उपसभामुख फेरि भन्छिन्,'माननीय सदस्यहरू बसिदिनुहोला ।' उनले संसद्का कर्मचारीलाई निर्देशन दिन्छिन्,'छिटो बोलाउनुस् न  '

सोमबार नै राष्ट्रिय सभामा पनि आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल चलिरहेको थियो । उपसभामुखका अनुसार मन्त्री त्यहाँ जारी छलफलमा गएका थिए । उपसभामुखले त्यसो भनिरहँदा पनि रास्वपा सांसद टेबुल ठोकिरहेकी हुन्छिन् जसलाई एमालेका सांसदहरूले पछ्याएका थिए ।

त्यसैबीच उपसभामुखले एमाले सांसद रघुजी पन्तलाई समय दिन्छिन् । पन्तले नियमावलीको व्यवस्था पढेर सुनाउँछन् ।'बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य हुनुपर्नेछ' उनी भन्छन्,'अनिवार्य उपस्थित हुनुपर्ने प्रष्ट नियमावलीमा लेखिएको हुँदा यो एकछिन हाउस स्थगित नगरौं, २-४ मिनेट कुरौं । उहाँको उपस्थिति अनिवार्य भयो । नियमावलीको ठाडो उलंघन नगरौं ।'

त्यसपछि उपसभामुख सांसदहरूलाई बस्न आग्रह गर्छिन् । मन्त्री आइरहेको जानकारी पनि उनले सांसदहरूलाई गराउँछिन् । फेरि उनी भन्छिन्, 'ठिकै छ ल पाँचै मिनेट ब्रेक गरौं ।'

संसद्‍मा ब्रेक भन्ने हुँदैन । बरु संसद् बैठक स्थगित हुन्छ । कर्मचारीले सोही कुरा उपसभामुखलाई जानकारी गराउँछन् । त्यसपछि उनले रघुजी पन्तलाई छलफलमा भाग लिनका लागि ८ मिनेटको समय दिन्छिन् । त्यसपछि बोल्ने पालो कुन सांसदको भन्ने पनि तोक्छिन् ।

मन्त्री उपस्थित नभएकोमा आपत्ति कायमै रहेको देखेपछि उपसभामुख भन्छिन्, 'आइसक्नुभयो पल्लो कोठामा ।'

फेरि कर्मचारीलाई भन्छिन्, 'छिटो बोलाउनु न  आइसक्नुभयो ।' यतिबेला पनि सांसद श्रेष्ठ र एमाले सांसद ठाकुर गैरेलगायत उभिएर आपत्ति जनाइरहेका हुन्छन् । एमालेका अरु सांसद पनि उभिएर आपत्ति जनाइरहेका हुन्छन् ।

संसद्‍मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, पर्यटनराज्यमन्त्री सुशीला श्रीपालीलगायत भने उपस्थित थिए । त्यसैबेला कांग्रेस सांसद रामहरि खतिवडा केही बोल्न खोज्छन् । तर उनलाई समय उपलब्ध हुँदैन ।

उपसभामुखको छटपटी भने त्यहाँ प्रस्ट देखिन्छ । उनी बारम्बार कर्मचारीहरूलाई 'छिटो बोलाउनु नु भनिरहेको सुनिन्छ ।सांसदहरूले नसुनेपछि उपसभामुख फेरि भन्छिन्, 'उहाँ आउँदै हुनुहुन्छ । उहाँलाई उपस्थित गराउने हामी प्रयास गरिरहेका छौं ।'

उपसभामुखले बारम्बार अर्थमन्त्री अर्को सदनमा रहेकाले बस्न आग्रह गर्दा पनि सांसदहरू आफ्नो सिटमा नबसेपछि सभामुख देवराज घिमिरे नै बैठक सञ्चालन गर्न आएको जानकारी सुनाउँछिन् । 'माननीय सदस्यज्यूहरू सभामुख आउँदै हुनुहुन्छ । एकछिन धैर्य लिनुहोला।' उपसभामुख आफै भने अधीर देखिन्थिन् ।

सभामुख घिमिरे आएपछि उपसभामुख आफ्नो सिटमा गएर बस्छिन् । सभामुख घिमिरेले भने प्राविधिक कारणले अर्थमन्त्री उपस्थित हुन नसकेको जानकारी गराउँछन् । 'केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीको उपस्थिति ढिला भएको कारणले सभाको बैठक १५ मिनेटका लागि स्थगित हुन्छ। सभामुखले यसो भनिरहँदा पनि रास्वपा सांसद श्रेष्ठ भने माइक समातेर उभिइरहेको देखिन्छ । त्यसपछि बैठक स्थगित हुन्छ ।

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अहिले जारी छ । अर्थमन्त्री महत उपस्थित भएपछि बैठक जारी रहेको छ । राष्ट्रिय सभाको बैठक भने मंगलबार बिहान १०:३१ बजेसम्मका लागि स्थगित भएको छ ।

 

 

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement