Advertisement
Advertisement
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय महिला दिवसमा आईसीटी क्षेत्रका १०१ महिलालाई सम्मान गर्दै डब्ल्यूआईआईटी

  |      13:12:00   |  
Web Image
Web Image

फागुन २३, काठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्ल्यूआईआईटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका १०१ महिलाहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र उनीहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्दैछ। 

कार्यक्रम फागुन २४ गते होटेल हायात प्लेसमा आयोजना हुनेछ। प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्नेबारेमा ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि आयोजना हुने डब्ल्यूआईआईटी सस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिए। 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुमना श्रेष्ठ ‘कि–नोट’ वक्ताको रुमा रहेकी छन्। 

उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्वकार्यक्रम संयोजक एलिसा राजभण्डारीले आईसीटीमा लैंगिक समानता प्रवर्द्धन गर्न विश्वव्यापी पहलहरुका बारेमा प्रस्तुति दिने छिन्। 

यस्तै वायरलेस सेवा निर्देशनालय, नेपाल टेलिकमकी निर्देशक मिनु प्रधानले फाइभजी प्रविधि र त्यसको प्रभावले स्मार्ट सहर, स्मार्ट समुदाय, स्मार्ट परिवारजस्ता साँच्चै स्मार्ट समाजको विकासमा फाइभीले ल्याउने लैंगिक समानताका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छिन्। 

कन्फ्रेन्समा प्रमुख अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन्त्री रेखा शर्माको उपस्थिति रहनेछ। त्यस्तै विशेष अतिथिका रुपमा सांसद सुमना श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, सुशासन आयोगका सीईओ दिपेश विष्ट, यूएन वुमनकी अन्जना वैद्यलगायतको उपस्थिति हुनेछ। 

सम्मेलनमा १०१ जना आईसीटी क्षेत्रका महिलाहरुका बारेमा समावेश भएको किताबसमेत सार्वजनिक गरिने सूचना प्रविधिमा महिला अर्थात डब्ल्यूआईआईटी सस्थाका उपाध्यक्ष शिला कंसकार कार्कीले बताइन्। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरलाई कार्यक्रममा मन्त्रीको हातबाट सम्मान गरिने संस्थाले जनाएको छ। 

वुमन इन इन्फरमेसन टेक्नोलोजी अर्थात सूचना प्रविधिमा महिला (डब्ल्यूआईआईटी)को आयोजनामा हुने कार्यक्रमलाई नेपाल टेलिकम इन एसोसिएसन विथ र लिभिङ विथ आईसीटी सहयोगी संस्थाका रुपमा सहकार्य रहेको छ। 

डब्ल्यूआईआईटी आईसीटी क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता र उनीहरुलाई थप प्रोत्साहनका लागि स्थापना गरिएको गैरसरकारी संस्था हो। संस्थाले महिलाहरुका लागि विभिन्न वर्कसप, सेमिनार, ह्याकाथन, वार्षिक प्रकाशन, नेटवर्किङ कार्यक्रम, डिजिटल साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। सस्थाले काठमाण्डौ बाहिर पनि पोखरा र अन्य क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ। संस्थाले गत वर्ष साइबर सुरक्षासम्वन्धी विशेष वार्षिक प्रकाशन ९पुस्तक० सार्वजनिक गरेको थियो। संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा सूचना प्रविधिको क्षेत्रमा महिलाको उपस्थितिलाइ गर्विलो बनाउने प्रयास गरिरहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement