भदौ १०, काठमाडौं। अखिल क्रान्तिकारीको २१ राष्ट्रिय सम्मेलनबाट कार्यकारी पदमा महिला विद्यार्थीहरु लड्ने तयारीमा रहेका छन् । निर्वाचनबाट नेतृत्व चयन गर्ने तयारी भइरहँदा महिला नेतृहरु किर्तिपुरको कार्यक्रम स्थलमा आफूलाई मत मागिरहेका देखिन्छन् ।
नेतृ पंचा हिंकले माओवादीका कारण राज्यसत्तामा पनि धेरै आमुल परिवर्तन आएको बताउँदै भनिन्, ‘ महिला,दलित,आदिवासी जनजाति,पिछडिएको क्षेत्र आदि क्षेत्रले आफ्नो अधिकार पाएको छ । यो सबै माओवादीको जनयुद्धका कारण भएको हो । यदि हामीले यति परिवर्तन गरेका छौ भने हाम्रो संगठनमा त झन यो भन्दा बढी हुनु पर्छ ।’
उनले आफूले क्रान्तिकारीको अध्यक्षको लागि उम्मेद्वारी दिने बताइन् । उनले भनिन्, ‘हिजो कलिलो उमेरमा जनयुद्ध लड्न सकेँ भने अहिले विद्यार्थीको नेतृत्व गर्ने क्षमता पनि राख्छु ।’
यस्तै क्रात्तिकारीको महासचिवमा राजेश्जरी सुवेदी दाबेदार छिन् । उनी भन्छिन् ‘यो राज्यको संरचना नै माओवादीले परिवर्तन गरेको हो भने आफ्ना भातृ संगठनमा पनि परिवर्तन गुर्न पर्छ ।’
यस्तै सचिवकी दाबेदार जुना घर्ती मगरले माओवादीको भाृतसंगठनको नेतृत्वमा महिला ल्याउँदा देशभरी नयाँ सन्देश जाने बताइन् ।
यी हुन् नेतृत्वका दाबेदार
१.अध्यक्षमा पंचा सिंह
२.महासचिवमा राजेश्वरी सुवेदी
३.उप महासचिवमा सुनिता किराती
४.उप महासचिवमा आशा तमु
५. उपाध्यक्षमा सपना प्रधान
६. उपाध्यक्ष लक्ष्मी प्रधान
७.उपाध्यक्षमा सुनिता चौधरी
८.उपाध्यक्षमा राममाया थपलिया
९.सचिवमा स्मृति अधिकारी
१०. सचिवमा एलिसा थापा
११. सचिवमा बसन्ता भण्डारी
१२. सचिवमा जुना घर्तीमगर
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...