Advertisement
Advertisement

रजोनिवृत्तिका बारेमा जानकारी दिने उद्देश्यले महिनावारी सचेतना अभियान सुरु

  |      11:11:00   |  
web imege
web imege

पुष २५, भक्तपुर । महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ।

सङ्गीनी सहकारी र सङ्गीनी अप्टिमिष्ट क्लब भक्तपुरले संयुक्तरूपमा आयोजना गरेको सचेतना अभियान सुरु गर्दै मध्यपुरथिमिमा यहाँका महिलालाई विशेषज्ञ चिकित्सकद्वारा महिनावारीका बारेमा जानकारी दिएको हो।

डा सुनिता पुनले रजोनिवृत्ति (मेनोपोज) महिनावारी सुक्नु अगाडि एक वर्षसम्म महिनावारी नहुनुका बारेमा धेरै महिला अन्योल र त्रासमा रहने भएकाले यसबारे पूर्ण जानकारी लिनुपर्ने बताइन्। उनले महिलाले आफ्नो प्रसूति स्वास्थ्यबारेमा जान्नैपर्ने विषयमा जानकारी दिँदै महिनावारी सुक्नु अगाडि उमेरअनुसार खानपान नमिल्दा अण्डाशय र पाठेघरले काम नगर्ने, हर्मोनमा कमी हुने भएकाले प्रसूति स्वास्थ्यमा चनाखो रहनुपर्नेमा जोड दिइन्।

डा . पुनले त्यस अवधिमा शरीरलाई तन्दुरुस्त बनाउन व्यायाम गर्नुपर्ने औँल्याउँदै समयमा निन्द्रा कम लाग्ने, चाँडो रिस उठ्ने, चिडचिड पसिना आउने, चिडचिडाहट बढ्ने जस्ता लक्षण देखा परेमा विशेषज्ञ डाक्टरको सल्लाहअनुसार अगाडि बढ्नुपर्ने बताइन्।

सचेतना अभियानमा सरुवा रोगसम्बन्धी डा शेरबहादुर पुनले कुनै पनि सरुवा रोगको महामारीमा काम गर्नुपर्दा कसरी आफू सुरक्षित रहेर सेवा पुर्‍याउने भन्नेबारेमा जानकारी दिए। उनले कोरोनाको समयमा अग्रस्थानमा रहेर जोखिमका साथ नागरिकको सेवामा आफू निरन्तर लागिरहेको स्मरण गर्दै सरुवा रोगबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा सचेत गराए। 

त्यसअवसरमा नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर पृथ्वीराज थापाले ३१ मे २०१७ देखि नेपालमा सुरु भएको अप्टिमिष्टका बारेमा जानकारी गराए। अप्टिमिष्टले किशोरकिशोरीमा सचेतनासम्बन्धी कार्यक्रम गर्दै आइरहेको जानकारी दिँदै उनले पोजिटिभ एजुकेशन कन्सट्रक्टिभ जर्नालिजम र अप्टिमिष्ट ऐजुकेशन फण्ड स्थापना गरी गरिब तथा जेहेन्दार बालबालिकालाई निःशुल्क शिक्षा दिने अभियान सञ्चालन गरेको बताए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

1502250962purnikashah5EgjlgZBJx.jpg काठमाडौं। पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement