जेठ ४, अर्घाखाँची । अर्घाखाँचीमा एमाले तर्फका दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका - ३ बाट आमा रेमकला बिक र सोही पालिका- ५ बाट उनकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी भएका हुन । उनीहरु आमा छोरी नै एमालेका उमेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।