Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रपतिकी छोरीले स्तनपान गराइरहेको फोटो सार्वजनिक भएपछि विवाद सुरु !

  |      10:33:00   |  
राष्ट्रपतिकी छोरीले स्तनपान गराइरहेको फोटो सार्वजनिक भएपछि विवाद सुरु !
  • बीबीसी

किर्गिस्तानका राष्ट्रपतिकी कान्छी छोरीले भित्री वस्त्रमात्र लगाएर स्तनपान गराइरहेको फोटो सार्वजनिक भएपछि स्तनपान र यौन गतिविधीबारे विवाद सुरु भएको छ ।

आलिया सगिइभाले गत अप्रिलमा सोसल मिडियामा उक्त फोटो पोष्ट गरेकी हुन् जसमा उनले लेखेकी छिन्, ‘छोराको आवश्यकता हेरेर म उसलाई जुनसुकै र जतिबेला पनि दुध चुसाउनेछु ।’

उनको यस्तो व्यवहारलाई अनैतिक व्यवहारको संज्ञा दिइएको छ । उनले बीबीसीसँगको कुराकानीमा महिलाको शरिरलाई ‘हाइपर सेक्सुअलाइज्ड’ गर्ने भएकाले आफूमाथि यस्ता टिका–टिप्पणी आइरहेको उनले बताइन् ।

‘जुन शरिर मलाई दिइएको छ, त्यो ‘भल्गर’ होइन । यो एक कार्यात्मक हो, जसको उद्देश्य छोराको भावनात्मक आवश्यकतालाई पूरा गर्नु हो, कामूकताको रुपमा हेरिनु होइन,’ उनले बीबीसीलाई भनिन् ।

उनको फोटोमाथि सामाजिक संजालका प्रयोगकर्ताले मात्र नभई उनका परिवारले पनि नकारात्मक टिप्पणी गरे । उनका बुवा अल्माज्बेक अतामबाएभ र आमा रईसा पनि छोरीले फोटो सार्वजनिक गरेपछि रुष्ट छन् ।

‘उहाँहरुलाई पटक्कै मन परेन । र म यो कुरा बुझ्छु किनभने युवा पीढि आफ्ना आमा–बुवाभन्दा कम रुढिवादी हुन्छन्,’ सगिइभाले राजधानी बिस्केकमा रहेको आफ्नो घरको प्राङ्गणमा बताइन् ।

सगिइभा सोसल मिडियामा निकै एक्टिभ छिन् । उनले आफ्नो आर्टवर्क, उनका छोरा, श्रीमान र उनी आफैंको स्टाइलमा खिचिएका फोटोहरु हाल्ने गर्दछिन् ।

स्तनपान दोहोरिरहने विषय हो ।

‘जब म आफ्नो छोरालाई स्तनपान गराइरहेकी हुन्छु तब मैले सोच्छु कि मैले उनलाई सबैभन्दा उत्कृष्ट कुरा दिइरहेकी छु । मानिसले मलाई के भन्छ भनेर सोच्नुभन्दा पनि आफ्नो छोरालाई केयर गर्नु र उनको आवश्यकता पूरा गर्नु मेरो लागि महत्वपूर्ण छ,’ उनले भनिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement