Advertisement
Advertisement
Advertisement
Advertisement

द्वन्द्वपीडित कृष्णकुस्मी थारू बनिन् नगर उपप्रमुख

  |      19:06:00   |  
कृष्णकुस्मी थारू
कृष्णकुस्मी थारू

बर्दिया। बर्दिया जिल्लाको ठाकुरबाबा–४ बरगदाकी कृष्णकुस्मी थारू ठाकुरबाबा नगरपालिकामा उपप्रमुख चुनिएकी छन् । उनलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो ।

ठाकुरबाबा–४ बरगदाकी ३५ वर्षीया थारूले १ सय ११ मतान्तरले एमालेकी बिना भट्टराईलाई हराइन् । उनले ७ हजार ८६ मत ल्याइन् । विवाह गरेको दुई वर्षमै पतिको हत्या भए पनि उनले हरेस खाइनन्, भूमिगत भएर पार्टीको काममा निरन्तर खटिइन् । त्यही संघर्ष र लगनशीलले उनलाई उपप्रमुखको कुर्सीमा पुर्‍याएको छ । दुईमहिने छोराको उपचारका लागि नेपालगन्ज जाँदा संयुक्त सुरक्षा फौजले पक्राउ गरेर करिब तीन महिना जेलमा राखेको थियो थारूलाई । भूमिगत छँदा थुप्रै चुनौती सामना गरेको उनले बताइन् । 

अब उनी सबै पक्षलाई समेटेर नगर विकासका लागि क्रियाशील हुने योजनामा छिन् । आफूजस्तै द्वन्द्वपीडितको समस्या समाधान गर्ने उनको मुख्य चाहना छ । ‘द्वन्द्वपीडितको पुनस्स्थापना र शिक्षित बेरोजगारलाई रोजगारी दिलाउने प्राथमिकता छ । द्वन्द्वमा धेरै दुस्ख भोगेकाले पीडितको मर्कालाई नजिकबाट अनुभूति गरेकी छु,’ उनले भनिन्, ‘नगरपालिकाको विकासका लागि सकेसम्म प्रयत्न गर्नेछु ।’ पर्यटकीय र धार्मिक केन्द्रका रूपमा परिचित ठाकुरबाबालाई समृद्ध नगर बनाउने योजना थारूले सुनाइन् । नगरपालिका प्रमुखमा भने एमालेका घननारायण श्रेष्ठ निर्वाचित भएका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement