Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

  |      22:35:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी

 

डा. लता बज्राचार्य, बरिष्ठ स्त्रीरोग विशेषज्ञ

महिलाको पेटमा गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको अवस्थामा वाक्वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था हो । यो अवस्थामा तनाव लिने, ठाउँ परिवर्तन गर्ने, गरूङ्गो भारी उठाउने र बढी यौन सम्पर्क गर्नाले पनि तल्लो पेट दुख्ने र रक्तश्राव हुने लक्षण देखा पर्छन् ।

 

कसै कसैलाई सामान्य अवस्थामा पनि रक्तश्राव हुनसक्छ । यस्ता लक्षण गर्भमा रहेको भ्रुणको विकास हुन नसक्दा पनि देखिने संभावना हुन्छ । पहिलो तीन महिनासम्म यस्तो वाकवाकी लाग्ने समस्या लगातारजस्तै हुनसक्छ । तीन महिनापछि यो समस्या आफैं बन्द भएर जान्छ । गर्भावस्थामा शरीरमा रहेका हर्मनमा परिवर्तन आउने हुनाले यस्ता लक्षण देखिने हो । यस्तो अवस्थामा गर्भ तुहिने खतरा पनि हुन्छ ।

 

गर्भवतीको सुजर गरिएको छ भने सामान्य समस्या ठीक भएर जान्छ । तर गर्भको ३८ हप्तापछि सुजर काट्नु पर्छ किनभने ३८ हप्तापछि जुनसुकै समयमा पनि गर्भवती सुत्केरी हुन सक्छिन् । यस्तो अवस्थामा गर्भवती महिलालाई नियमित जाँच गराउनु पर्छ । गर्भावस्थामा महिलालाई रक्तअल्पता हुने सम्भावना बढी हने हँुदा आइरन चक्की, फोलिक एसिड र बी कम्प्लेक्स खानुपर्ने हुन्छ । खानामा आइरन तत्व भएका खाना खाने, त्यसैगरी फलफूल खाने, हरियो सागपात, गेडागुडी, प्रोटिनयुक्त खाना र माछामासु खाने गर्नुपर्छ ।

 

गर्भावस्थामा उच्च रक्तचाप पनि हुनसक्छ । उच्च रक्तचापमा गर्भवतीको स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने हुन्छ । उच्च रक्तचाप भयो भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ । यस्तो अवस्थामा उच्च रक्तचाप कम गर्ने औषधि सेवन गरी आराम गर्नुपर्छ । अन्यथा आमा र बच्चा दुवैको ज्यान पनि जान सक्छ । कुनै कुनै गर्भवतीलाई ३४ हप्ता अगाडि नै रक्तश्राव हुनसक्छ । साल पाठेघरको मुखमा आएर बस्यो भने यस्तो अवस्था उत्पन्न हुनसक्छ । यो समयमा आपतकालीन शल्याक्रियासमेत आवश्यक पर्नसक्छ ।

 

१८ वर्षभन्दा कम र ३५ वर्ष भन्दा बढी उमेर छ भने पनि यस्ता समस्याहरु देखा पर्न सक्छन् । गर्भवतीको उमेर कम वा बढी भएमा खतरा बढी हुने भएकोले शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

 

महिलाले आफ्नो स्वास्थ्यको आफैं ख्याल राख्नुपर्छ । गह्रौ वस्तु नउठाउने र सामान्य काम गरे पनि शरीरलाई असर पार्ने गरी अप्ठेरो काम गर्नु हुँदैन । खाना आइरन, प्रोटिनयुक्त र सन्तुलित हुनुपर्छ ।

 

पानीकै कारण, जन्डिस, पखालाजस्ता समस्यासमेत देखिने संभावना भएकोले पानी उमालेको मात्रै पिउँनुपर्छ । गर्भावस्थामा जन्डिस भएमा धेरै खतरा हुन्छ । गर्भावस्थाको जन्डिसले बच्चालाई खासै असर नगरेपनि आमालाई खतरा हुन्छ । हेपाटाइटिस बी भएमा त रक्तश्रावका कारण आमाको मृत्यु नै हुनसक्छ ।

 

गर्भावस्थामा गर्भवती महिलालाई चाहिने प्रमुख कुरा पारिवारिक सहयोग हो । यस्तो वातावरणले गर्भवतीलाई मानसिक सन्तुष्टि मिल्छ । पारिवारिक सहयोग भएन भने गर्भवतीमा मानसिक चिन्ता हुने र खान मन नलाग्ने हुँदा रक्तअल्पता हुनसक्छ । त्यसैले श्रीमान्लगायत परिवारका सदस्यको हेरचाह र सद्भावले गर्भवतीलाई ठूलो मद्दत मिल्छ ।

 

गर्भावस्था हेमोग्लोविन, सुगर, युरिन, हेपाटाइटीस, एचआईभी, रक्त समूह सबै जाँच गर्नुपर्छ । यदि आमालाई एचआईभी पोजेटिभ छ भने बच्चालाई नेगेटिभ कसरी गर्ने भन्ने बिषय निकै गम्भीर समस्या हो ।  यस्तो अवस्थामा शल्यक्रियामार्फत् बच्चा जन्माउनु भन्दा सामान्य रूपमै बच्चा जन्माउनु पर्छ । महिलामा थाइरोइडको समस्या छ,छैन भन्ने कुरा पनि थाहा पाइराख्नुपर्छ । यदि थाइरोइड छ भने गर्भ खेर जाने संभावना हुन्छ । नियमित रुपमा गर्भ जाँच जरूरी कुरा हो । २८ हप्तासम्म एक एक महिना, २८ हप्तापछि दुई/दुई हप्ता र ३६ हप्तापछि एक/एक हप्तामा जाँचगराउनु राम्रो हुन्छ । स्वास्थ्य खबरमा प्रकाशित स्वास्थ्य सामाग्री । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement