Advertisement
Advertisement
Advertisement
Advertisement

‘माता कहिल्यै कुमाता हुन्नन्’

  |      16:32:00   |  
‘माता कहिल्यै कुमाता हुन्नन्’

साउन १०, चितवन । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा गरिएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन्’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको छ । मोफशलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भुडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

शनिबार यहाँ आयोजित कार्यक्रममा बोल्ने श्रष्टाले कथासङ्ग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु शसक्त रुपमा उजागर गरेको धारणा व्यक्त गर्नुभयो । कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथा रहेका छन् ।  ‘अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु’ भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको उहाँहरुले टिप्पणी गर्नुभएको थियो ।  उहाँहरुले पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी रहेको बताउनुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको पाइन्छ ।  

वरिष्ठ साहित्यकार तथा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताउनुभयो । “कुमाता कथासङ्ग्रहभित्र रहेका कथाको भाषा नदीजस्तै सलल बगेका छन् ।  सरल शब्दमा गहन भाव व्यक्त छन् ।  नारी संवेदनशीलतालाई सुक्ष्म रुपमा केलाइएका छन् । ” उहाँले भन्नुभयो, “ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो कुमाता ।”  

महिला अधिकारकर्मी मीना खरेलले नारी संवेदना र पछिल्लो समय समाजमा देखिएका विकृति विसङ्गतिलाई कथासङग्रहले जीवन्त रुपमा चित्रण गरेको बताउनुभयो । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आञ्चलिकताले कथा मार्मिक र सुन्दर बनेका छन् भन्नुभयो ।  समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिनुभयो ।  प्राध्यापक शान्ति शर्मा,  कपिल अज्ञात र  साहित्यकार केदारनाथ खनाललगायतले कथाभित्र नाटकीय तत्व थप्नुपर्ने सुझाव दिनुभयो ।

रामेश्वर पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा कुमाताका  लेखक वसन्त पराजुलीले कुमाताभित्र  कथाका सिद्धान्त, मान्यता र दर्शनलाई नपच्छाइएकाले मौलिक बनेको धारणा राख्नुभयोे । पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाले कथासङग्रह कथामा समेटिएका विषयवस्तुले पाठकको मन छुन सफल भएको बताउनुभयो । 

पत्रकारिता, यसमा पनि इमान्दार पत्रकारका पीडा र समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर कथासङग्रहले उजागर गरेको छ भन्ने खबर राससले प्रकाशित गरेको छ। नारी संवेदनाका दृष्टिले कुमाता कथासङग्रह सशक्त देखिन्छ । यसका सङग्रहित प्रायः कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिन सक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ यस कथा सङग्रहका कथाहरुले । द्वन्द्वका सहभागी कार्यकर्ताको जीवनचर्या, निकुञ्ज क्षेत्र वरपरका सोझासाझा गाउँलेले भोग्नपरेका पीडा, दलित समस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि कथाले चित्रण गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement