Advertisement
Advertisement
Advertisement
Advertisement

‘महिलाहरु आर्थिक रुपमा सशक्त हुन सेयर बजार बलियो आधार बन्न सक्छ’ : महिला लगानीकर्ता

  |      15:49:00   |  
तस्विरमा क्रमस नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी, अप्पर तामाकोशी हाइड्रोपावरकी सञ्चालक समितिकी सदस्य सिर्जना सुवेदी
तस्विरमा क्रमस नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी, अप्पर तामाकोशी हाइड्रोपावरकी सञ्चालक समितिकी सदस्य सिर्जना सुवेदी

– प्रकाश न्यौपाने 

फागुन २४, काठमाडौं । आज मार्च ८ अर्थात् ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस। यो दिन महिला सशक्तीकरण र लैंगिक समानताका विषयमा विश्वव्यापी रुपमा चर्का बहसहरु हुने गर्छन्। 

नेपालमा पनि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ। विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय संकल्प निर्धारण गरेको छ।

त्यसो त पछिल्लो समय नीति निर्माण तहमा होस् वा व्यापार–व्यवसाय वा त शैक्षिक क्षेत्रमा नै किन नहोस् महिलाहरुले आफूलाई अब्बल साबित गर्दै आएका छन्। नेपालको सेयर बजारमा पछिल्लो समय ठूलो संख्यामा महिलाको सक्रिय सहभागिता रहँदै आएको छ। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपालको सेयर बजारमा महिलाको सहभागिता बढाउन सरकारले महिलाहरुलाई घर–जग्गा खरिदबिक्रीमा लाग्ने पुँजीगत लाभकरमा छुट दिएजस्तै सेयर बजारमा छुट दिनुपर्ने बताउँछिन्। ‘अहिलेको अवस्थामा सेयर बजारमा घरमै बसी–बसी कारोबार गर्न सकिन्छ’, उनले भनिन्, ‘विशेषगरी यो व्यवस्थाले आमगृहिणीलाई निकै सहज भएको छ। यद्यपि महिलालाई सेयर बजारमा ल्याउन प्रोत्सहन गर्ने ध्येयसहित नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज र ब्रोकर हाउसहरुले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।’

सेयर बजारमा अध्ययन गरेर आफूसँग भएको थोरै–थोरै रकम लगानी गर्दा दीर्घकालमा राम्रै प्रतिफल पाइने भएकोले महिलाहरुले अरुमा भर नपरी आफ्नो जीवनमा आर्थिक समुन्नति ल्याउन सक्ने पोखरेलको भनाइ छ। ‘महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सेयर बजार बलियो आधार बन्न सक्छ’, उनले भनिन्।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी आफैँले केही गर्छु भन्ने महिलाका लागि सेयर बजारमा पनि एउटा राम्रो प्लेटफर्म रहेको बताउँछिन्। ‘घरभित्रै बसेर पनि आफ्ना बालबच्चाको रेखदेख गर्दै सेयर बजारमा कारोबार गर्ने अवस्था छ, जुन आमगृहिणीका लागि एकदमकै राम्रो अवसर पनि हो’, उनले भनिन्। 

पछिल्लोपटक ३२०० को बुलमा धेरै महिलाहरु सेयर बजारमा प्रवेश गरेको र बजार करेक्सन भएर निकै तल आउँदा आत्तिएर सेयर बेचेर बाहिरिएको अनुभव तिवारी सुनाउँछिन्। ‘त्यसैले म सेयर बजारमा लागेका दिदीबिहनीहरुलाई बजारबारे राम्ररी अध्ययन गरेरमात्र लगानी गर्न आग्रह गर्छु’, उनले भनिन्, ‘सेयर बजारबाट कमाएर दैनिक घर खर्च चलाउँछु भन्ने उद्देश्य कहिल्यै पनि राख्नु हुँदैन। किनकि ३२०० बुलमा सेयर बजारबाट केही कमाउन थालेपछि थुप्रै महिला दिदीबहिनीले खाँदै आएको जागिर छोडेको र पछि बजार घट्दा उनीहरुले जागिर छाडेकोमा पछुतो पनि मानेको पनि सुनेकी छु।’

त्यसैले बजारको बुल र बियर, देशको आर्थिक अवस्था, राजनीतिक घटनाक्रम र आफूले लगानी गर्न चाहेको कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गर्न र बुझ्न सक्ने महिला दिदी–बहिनीले सेयर बजारबाट कमाइ गर्न सक्ने तिवारीको भनाइ छ। 

अप्पर तामाकोशी हाइड्रोपावरकी सञ्चालक समितिकी सदस्य सिर्जना सुवेदी पछिल्लो समय सेयर बजारमा महिलाको सहभागिता बढ्दै गएकोमा राम्रो पक्ष रहेको बताउँछिन्। ‘हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै जानुपर्छ’, उनले भनिन्। 

सेयर बजारमा लागेका धेरैजसो महिला दिदीबहिनीलाई सचेतना कमी रहेको पनि सुवेदी बताउँछिन्। ‘सेयर बजार घट्ने र बढ्ने प्राकृतिक नियम नै हो। तर, पछिल्लो बुलमा प्रवेश गरेका धेरैजसो महिला दिदीबहिनीले बजार घटेपछि स्टप लस गरेर बजार बाहिरिएका छन्, उनीहरुमा यो बजारबाट हामीलाई नहुने रहेछ भन्ने सोच देखिन्छ, यो भनेको सचेतनाको कमी हो’, उनले भनिन्, ‘त्यसैले नियामक निकाय र ब्रोकर हाउसहरुले सेयर बजारका बारेमा महिला दिदीबहिनीहरुका लागि सचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिन्छ।’

बजार र कम्पनीहरुका बारेमा अध्ययन गरेर लगानी गर्न सके यही बजारबाट आफूलाई आत्मनिर्भर बनाउन सकिने सुवेदी बताउँछिन्।

न्यौपाने बिजशाला डटकममा आवद्ध छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement