Advertisement
Advertisement
Advertisement
Advertisement

‘आविष्कारी आख्यानकार’को उपाधिबाट डा. ध्रुवचन्द्र गौतम सम्मानित

  |      17:49:00   |  
web image
web image

पुष ३, काठमाडौं। चर्चित आख्यानकार डा.ध्रुवचन्द्र गौतमलाई उनको ८० औँ जन्मोत्सवका अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ। 

आइतबार काठमाण्डौकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो। 

समारोहमा डा.गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरेका थिए। यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन्। 

सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको थियो  यो पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन्। 

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित बधाई डा.गौतमलाई अर्पण गरेका थिए। 

सो अवसरमा डा.गौतमको ८० औँ जन्मोत्सव पनि मनाइएको थियो। उनलाई बसन्त चौधरीले माला तथा मेघा चौधरीले ढाका टोपी लगाई समारोहमा केक काटेर जन्मदिन मनाइएको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै श्री लुनकरणदास गंंगादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले डा.गौतम साहित्यका नित नवीन र घतलाग्दा प्रयोगहरु गर्ने सर्जक रहेका बताए। ‘उहाँप्रति आविष्कारी आख्यानकार’को उपाधि अर्पण गर्न पाउनु हाम्रा लागि पनि जीवनकै ऐतिहासिक अवसर हो’, चौधरीले भने, ‘महान् कवि गोपालप्रसाद रिमालको कवितांश पैँचो लिएरभन्दा डा.गौतम ‘एक युगमा एकदिन एकचोटि जन्मिने’ प्रतिभा हुनुहुन्छ।’

डा. गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरु छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्वलित तुल्याएको चौधरीको भनाइ थियो। 

आफूलाई डा. गौतमको सान्निध्य प्राप्त भएको र आफूहरुबीचको सम्बन्धको लामो कालखण्ड व्यतीत भएको सो अवसरमा चौधरीले बताए। ‘उहाँसँगको साक्षात्कारले मलाई एउटा असीम सम्भावनायुक्त लेखकसँग मात्र होइन, एउटा सहृदयी व्यक्तिसँग भेटेको पनि अनुभूति हुन्छ। उहाँ यस उमेरमा पनि सिर्जनामा उत्तिकै सक्रिय हुनुहुन्छ’, कवि तथा गीतकारसमेत रहेका चौधरीले भने, ‘यही प्रेरणाले मलाई पनि लेख्न ऊर्जा मिल्छ।’ 

हालसम्म ३२ वटा त उपन्यास मात्र लेखिसकेका डा. गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जकसमेत रहेका चौधरीको दाबी छ। डा. गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति जन्माइसकेका छन्।

चौधरीले नेपाली साहित्यमा प्रयोगवादी आख्यान र अन्य कृतिहरु डा. गौतमकै तपस्याबाट वरदान पाएर जन्मिएका समेत दाबी गरे। ‘त्यसैले उहाँ साहित्यका एक महान तपस्वी हुनुहुन्छ’, चौधरीले थपे। 

डा. गौतमले आविष्कारी आख्यानकारको उपाधिबाट सम्मानित हुन पाएकोमा आफूलाई खुशी लागेको बताए। उनले श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य र कला क्षेत्रको उत्थान तथा प्रवद्र्धनमा खेलिरहेको भूमिकाको प्रशंसा समेत गरे। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement