Advertisement
Advertisement
Advertisement
Advertisement

९१ वर्षीया महिलाले १० वर्षको मिहिनेतपछि स्नातक तह पूरा गरिन्

  |      17:05:00   |  
तस्विर : एनेन्सी
तस्विर : एनेन्सी

थाइल्याण्ड (एजेन्सी) । पढ्नका लागि कहिले पनि ढिलो हुँदैन भन्ने बताउने थाइल्याण्डकी ९१ वर्षीया महिलाले १० वर्षको मिहिनेतपछि स्नातक तह पूरा गरेकी छिन् । किमलान जिनाकुललाई विश्वविद्यालय गएर पढ्ने ठूलो इच्छा थियो । तर, युवा अवस्थामा उनले कहिले पनि उनले त्यो मौका पाइनन् ।

 

अहिले आफ्ना छोरा छोरीहरुले विश्वविद्यालय डिग्री हासिल गरेको वर्षौँ पछि बुधबार उनले आफै डिग्री हासिल गर्न सफल भएकी छिन् । उत्तरी थाइल्याण्डको लामपाङ प्रान्तकी वासिन्दा किमलान स्कूल पढ्दा निकै तेजश्वी विद्यार्थी मानिन्थिन् । प्रान्तको उत्कृष्ट मानिने विद्यालयमा अध्ययन गरेकी उनले विश्वविद्यालय भने पढ्न पाइनन् । उनको परिवार बैंकक सरेपछि उनले विवाह गरिन् जसको कारण उनले आफ्नो सपना त्याग्न बाध्य भइन् ।


‘म आफ्ना छोराछोरीहरुले पढ्न पाउन् भन्ने चाहन्थे । त्यही भएर मैले उनीहरुलाई विश्वविद्यालय पढ्न हौसला र समर्थन दिए,’ उनले भनिन् । उनका पाँचमध्ये चार सन्तानले स्नातकोत्तर डिग्री हासिल गरेका छन् भने एक जनाले अमेरिकाबाट विद्यावारिधीसमेत हासिल गरेका छन् ।

 

अन्ततः छोराछोरीहरुको कारणले नै उनले विश्वविद्यालयमा पढ्ने अवसर पाइन् । उनकी एक छोरी अस्पतालमा काम गर्थिन् । त्यही बेला उनी सुकोथाई थामाथिराट खुला विश्वविद्यालयमा भर्ना भइन् । छोरीसँगै किमलानले पनि विश्वविद्यालयमा भर्ना हुने निधो गरिन् ।

 

७२ वर्षको उमेरमा उनी भर्ना पनि भइन् तर एक जना छोरीको निधन भएपछि उनले बीचमै पढाई छाडिन् । त्यसपछि ८५ वर्षको उमेरमा उनले ह्युमन इकोलोजीमा डिग्री हासिल गर्न दोस्रो प्रयास शुरु गरिन् । र, अन्ततः त्यसमा सफल भइन् ।

 

‘छोरी गुमाउनु परेको पीडाबाट पार पाएपछि मैले डिग्री हासिल गर्न मिहिनेत शुरु गरे । यो देखेर मेरो छोरीको आत्मा पनि खुसी भयो होला,’ उनले भनिन् । उनी आफ्नो दृढता र महत्वकांक्षाले सफलता दिलाएको बताउँछिन् । उनी भन्छिन्, ‘म एक पटकमा एउटा अध्ययाय पढ्ने गर्थे । महत्वपूर्ण बुँदाहरुलाई रेखांकन गर्थे जसलाई म सम्झिन्थे । यसले मलाई पढ्न सहयोग गर्यो ।’ 

 

उनले भनिन्, ‘पास हुँदा खुसी हुन्थे र फेल हुँदा दुःखी । तर, हार कहिले खाइँन । पास नभएसम्म परिक्षा दिइरहैँ ।’ डिग्री पाएपछि अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले ठट्टा गर्दै भनिन्, ‘अब काम खोजे पनि कसैले मलाई जागिर दिन्नन् होला । म नातानातिनीहरुको ख्याल राखेर बस्छु ।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement