भदौ ४, काठमाडौं । ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० वर्षभन्दा माथिको उमेर समूहको दौड प्रतियोगितामा सविता गौतम प्रथम भएकी छन्।संविधान दिवसको अवसरमा बिहीवार आयोजित प्रतियोगिता जिल्ला समन्वय समितिको प्रवेशद्वार अगाडिबाट सुरु भएको थियो। दौड दोबाटो–ट्याक्सीलाइन–पराजुलीचौक–सिटिहल नजिक–बीरेन्द्रचौक हुँदै तल्लोबाटोबाट पुनःजिसस प्रवेशद्वार अगाडि गएर टुङ्गिएको थियो।
सोहि क्षेत्रको दुरी १३ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गौतम प्रथम हुँदा १३ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्ने कला गोम्देन द्वितीय र १४ मिनेट १८ सेकेण्डमा दुरी पूरा गर्ने हर्कमति लिम्बू तृतीय भइन्। यस दौडमा १५ जना धावकको सहभागिता रहेको आयोजक जिल्ला समन्वय समितिले जनाएको छ।
यस दौडमा सहभागिता हुनेमा प्रथम हुनेले नगद ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँका साथ प्रमाणपत्र पाएका छन्। जिल्ला स्तरमा संबिधान दिवस मनाउन जिल्ला समन्वय समिति प्रमुख लामाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो।