भदौ २७, बीबीसी । जसले सर्वोच्च अदालतबाट गर्भपतनको अनुमती पाएकी भारतकी १३ वर्षीया बलात्कृतले जन्माएको छोराको दुई दिनपछि मृत्यु भएको छ ।
मुम्बईको नियोन्याटल इन्टेन्सिभ केयरमा राखिएको उक्त बच्चाको आइतबार मृत्यु भएको हो ।
३२ हप्ताको गर्भ रहेको १३ वर्षीया बालिकाले गत शुक्रबार अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी हुन् ।
बलात्कारको अभियोगमा उनका बुवाका साथी पक्राउ परेका छन् । यदि आमाको स्वास्थ्य खतरामा छ भने भारतमा २० हप्ताको भ्रुणलाई गर्भपतन गराउन सकिने कानून छ ।
उनलाई गत अगस्ट ९ तारिखमा अत्यधिक मोटाएको भनी उपचारका लागि अस्पताल पुर्याउँदा उनीबारे समाचार सार्वजनिक भएको हो ।
उनको तर्फबाट दिल्लीका एक वकिलले गर्भपतनका लागि सर्वोच्च अदालतसँग अनुमती मागेका थिए ।
गत बुधबार अदालतले उनको गर्भपतनका लागि अनुमती दिएको थियो । डाक्टरले भ्रुणको पूर्ण विकासका लागि दुई हप्ता कुर्न सल्लाह दिएपछि न्यायाधिसले बालिकालाई थप कष्ट दिन नहुने भन्दै तत्काल गर्भपतन गराउन आदेश दिएको थियो ।
गाइनाकोलोजिष्ट डा. अशोक आनन्दको नेतृत्वको पाँच डाक्टरको समूहले मुम्बईको जेजे अस्पतालमा शल्यक्रिया गरेका थिए ।
उनको भ्रुणको विकास लगभग पूर्ण रुपमा भइसकेकाले गर्भपतन नभई छोराको जन्म भएको डा. आनन्दले बीबीसीलाई बताए ।
‘आमाको अवस्था राम्रो भएकाले दुई दिनभित्रै डिस्चार्ज गरिनेछ ।’उनका अनुसार ती बालकको तौल १.८ केजी थियो ।
बालकको मृत्यु के कारणले भयो भन्ने स्पष्ट नभएपनि टाइम्स अफ इन्डियाले डाक्टरलाई उद्धृत गर्दै बालकको फोक्सोसम्बन्धि समस्याका कारण सास फेर्न कठिनाई थियो ।
माघ ४, काठमाडौं । जापानको हवाई विमान कम्पनी ‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व...
पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा...
मंसिर २६, काठमाडौं । अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको...
मंसिर २६, काठमाडौं । बीबीसीका अनुसार उनले रगत बेच्ने व्यवसायीका कारण ग्रामीण इलाकामा एचआईभी...
मंसिर २५,काठमाडौं । भारतकी एक २६ वर्षीया डाक्टरले प्रमीले दाइजो मागे पछि आत्महत्या गरेकी...
मंसिर २१, काठमाडौं । १०० शक्तिशाली महिलाको सूचीमा सीतारमणलाई भारतीय अर्थमन्त्री निर्मला...
मंसिर २१, काठमाडौं । दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक...
मंसिर १९, काठमाडौं ।बुधबारअमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ...
मंसिर १५,काठमाडौं । आफ्नो प्रेमी र प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस्...