भदौ २०, काठमाडौं । राष्ट्रिय सडकले नजोडेको मुलुकको एक मात्र जिल्ला हुम्ला हो । यसैकारण कर्णालीभित्रको कर्णाली मानिने हुम्लामा कर्मचारी आउनै मान्दैनन्।
तर, जिल्लाको सर्केगाड गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको छ, त्यो पनि महिला कर्मचारी शान्ति लामाले अब सर्केगाड गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्नेछिन्।हालैमात्र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा लामालाई पठाएको हो।
लामो समय निमित्तकै भरमा सञ्चालन भएका हुम्लामा स्थानीय तहबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागेका छन्।