Advertisement
Advertisement
Advertisement
Advertisement

हस्पिटलमा बैद्य अर्गनाइजेशनका कर्मचारीलाई उपचारमा बिशेष छुट

  |      14:18:00   |  
web image
web image

साउन १७, काठमाडौं । काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्यअर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको छ ।

बैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुखकार्यकारी अधिकृत यम वहादुर महत तथा बैद्य अर्गनाइजेशनका निर्देशक वेद वहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

बैद्य अर्गनाइजेशनका सदस्य र कर्मचारीहरुको लागी आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहज रुपमा पु-याउने उदेश्यले सम्झौता गरेको समाचारमा जनाइएको छ ।

सम्झौता अनुसार बैद्य अर्गनाइजेशनसँग सम्वन्धित कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ॐ हस्पिटलएण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुटमा सहजरुपमा लिन सक्नेछन् ।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याबटेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्धहुने जनाइएको छ ।

ॐ अस्पतालले कर्पोरेट डेस्क मार्फत बैद्य अर्गनाइजेशनको संस्थागत सिफारिसमा उपचार तथा परिक्षणकालागि आउनुहुने सेवाग्राहिका लागि सम्पर्क ब्यक्तिको समेत व्यवस्था गरेको छ ।

समारोहमा बैद्य अर्गनाइजेशनका एचआर तथा एडमिन प्रमुख विनिता कुईँकेल र ॐ हस्पिटलका विजनेसडेभलपमेन्ट म्यानेजर विनोद अधिकारी सहभागी हुनुहुन्थ्यो ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले दुइशक अधिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथापरिवारजनसँगै ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउनेसम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरप्रा.लि.ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरीसहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

स्वास्थप्रति जागरुक नागरिकहरुकालागि यस अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement