भदौ ३०, काठमाडौं । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्वीडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् । स्विडेनको सोसियल डेमोक्रयाटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिएकी हुन् ।
सभामुखले उनको राजीनामा स्वीकृत गरेका छन् । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् । एन्डरसनले स्वीडेनको तीन सय ४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिकरुपमा आज राजीनामा दिएका हुन् । आइतवारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले एक सय ७६ र वामपन्थी गुटले एक सय ७३ स्थानमा जित हासिल गरेका थिए ।