Advertisement
Advertisement
Advertisement
Advertisement

स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउने चलखेल हुँदै छ : सोबिता सांसद गौतम

  |      17:24:00   |  
web image
web image

जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर घटाउन माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल भएको भन्ने चर्चा चलेको भन्दै सांसद गौतमले त्यसो नगर्न अर्थमन्त्री र ऊर्जामन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले आर्थिक वर्ष २०८०र८१ को बजेछ निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अर्थमन्त्रीले विद्युतीय सवारीको कर घटाउने कुरा लेख्नुपर्ने सुझाव दिएकी हुन् । सरकारले नै विद्युतीय सवारीको संख्या बढाउने योजना लिएको अवस्थामा कर बढाउने नीति सही नहुने उनको भनाइ छ ।

नीति तथा कार्यक्रममा विद्युतीय सवारीको प्रवर्द्धनको योजना स्पष्ट नरहेको भन्दै बजेटमा त्यसको व्यवस्था गर्नुपर्ने सांसद गौतमको भनाइ थियो । 'विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल हुँदै छ भन्ने कुरा गाँइगुँइ सुनिँदै छ । सरकारले सन् २०२५ सम्ममा नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत र सार्वजनिक सवारीको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । करको दर बढाउने हो भने यो सम्भव हुने छैन,' उनले भनिन् ।

विद्युतीय सवारीलाई राजस्व संकलनको माध्यमबाट मात्रै हेरिनु नहुने भन्दै उनले भनिन्‚ ‘वातावरणीय संरक्षणलाई पनि यसले उत्तिकै टेवा पुर्‍याउँछ भन्ने कुरामा हामी सचेत हुनैपर्छ । त्यसैले बजेटलाई अन्तिम रुप दिँदै गर्दा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि सके विद्युतीय सवारीको अहिलेको कर घटाइयोस् तर बढाउने चेस्टा गर्दै नगरियोस् ।' अर्थमन्त्री प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्‌मा प्रस्तुत गर्दै छन् ।

सांसद गौतमले देशको बढ्दो व्यापार घाटा नियन्त्रण तथा जलवायु संकटलाई मध्यनजर गरेर पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने योजना बजेटमा राख्नुपर्ने बताइन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement