Advertisement
Advertisement
Advertisement
Advertisement

स्थानीय तहमा उपभोक्ता हकहित संरक्षण समिति गठन गर्न सांसद नारायणी शर्माको सरकारलाई सुझाव

  |      15:48:00   |  
web image
web image

बैशाख १२, काठमाडौं । सांसद नारायणी शर्माले उपभोक्ताको हकहित संरक्षण गर्न प्रत्येक स्थानीय तहमा समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि भएपनि नियन्त्रणका लागि खासै पहल हुन नसकेको र भारतबाट आएका तरकारी फलफूलका कारण स्थानीय उत्पादनले बजार नपाएकोमा सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्– ‘एकातिर मुलुकमा आर्थिक तरलता र उत्पादनमा गिरावट रहेको छ । अर्कोतिर भारतबाट तरकारी र फलफूल आयात भइरहेको छ । तर स्थानीय स्तरमा भएको उत्पादनले बजार नपाउँदा किसानहरु बिचौलियाहरुको मारमा पाएका छन् ।’
उनले शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकारका विषयमा पनि व्यापारीकरण बढिरहेको बताउँदै उपभोक्ताका हरेक विषय सम्बोधन गर्न उपभोक्ता अधिकार संरक्षण समिति बनाउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्–‘ यी हरेक विषय सम्बोधन गर्न हरेक स्थानीय तहमा उपभोक्ता हकहित संरक्षण समिति गठन गर्न र सम्पूर्ण उपभोक्ताहरुलाई सचेत गराउन आवश्यक छ । तसर्थ सरकारले उपभोक्ताको अधिकार संरक्षण तथा कार्यान्वयन गर्ने विषयमा आवश्यक नीति निर्माण गर्न तथा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम आफ्नो उत्तरदायित्व पूरा गर्न र आफ्नो सेवामा पारदर्शिता कायम गर्दै ऐन नियम संशोधन गर्दै उपभोक्ता अधिकार संरक्षण गर्न ध्यानाकर्षण गराउँछु ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement