Advertisement
Advertisement
Advertisement
Advertisement

सोती घटना स्मरण गराउँदै सांसद सीता मिजारको प्रश्न– पीडितले न्याय पाउने कहिले ?

  |      17:27:00   |  
web image
web image

जेठ ११,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद सीता मिजारले तीन वर्षअघि भएको रुकुम पश्चिमको सोती घटनाका पीडितले अहिलेसम्म पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद मिजारले त्यही घटनाका कारण दलित समुदायले जेठ १० लाई कालो दिनकोरुपमा स्मरण गरिरहेको बताइन् ।

‘आजको दिनलाई सिङ्गो दलित समुदायले कालो दिनको रूपमा स्मरण गरिरहेको छ, २०७७ साल जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा एउटा बीभत्स र जघन्य सामुहिक हत्याकाण्ड भयो । आफुभन्दा कथित ठूलो जातको केटीसँग प्रेम गरेकै कारण जाजरकोटका नवराज वि.क. र उनका अन्य पाँच जना साथीहरूलाई लखेटी–लखेटी हत्या गरियो,’ सांसद मिजारले भनिन्, ‘घटना घटेको तीन वर्ष बित्यो, यति ठूलो जघन्य अपराधको घटनामा समेत पीडित न्याय पाउन सकेका छैनन् । सरकार के हेरेर बसिरहेको छ ?’

उनले त्यस्तै प्रकृतिको घटनामा मारिएका अजित मिजारको मुद्धामा समेत पीडितलाई न्याय नमिलेको स्मरण गराइन् । उनले प्रश्न गर्दै भनिन्, ‘प्रेम गरेकै कारण नवराज विक र अजित मिजार जस्ता युवाहरूले कहिलेसम्म मृत्युवरण गरिरहनुपर्ने हो ?’

उनले जातीय भेदभाव र छुवाछुत प्रथाकै कारण ज्यान गुमाएका नवराज र अजितहरुसहित पीडितलाई त्यस्ता विभेदका घटनामा पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement