असोज १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सबै सूचनादाता निकायले 'अनलाइन स्पेस' को सुरक्षित प्रयोगको वातावरण बनाउनुपर्ने दायित्व थपिएका रेखा शर्माले बताउनु भएको छ ।
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले बिहीबार आयोजना गरेको 'अनलाइन स्पेस र सूचनाको हक : अवसर चुनौती' विषयक राष्ट्रिय गोष्ठीमा उहाले सूचना र प्रविधीको अत्याधिक विकासले सबै क्षेत्रलाई यसले प्रभावित गर्नु भयो । उहाँले भन्नुभयो ,'अनलाइन स्पेसको विकासँगै यसबाट अवसर र चुनौती दुबै बढेका छन् । सूचना र प्रविधि जति धेरै विकास हुन्छ ,सूचनाको हक पनि त्यति नै सहज ,सरल र व्यापक हुन्छ । '