-बन्दना बम
डडेल्धुरा । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको हालसम्मको तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा बृद्धि भएको हो ।
डडेल्धुरा जिल्लामा गएको ७ महिनाको अवधिमा दुई सय ५० महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका स्वास्थ्य प्रमूख बृषबहादुर शाहीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७२/०७३ को साउनदेखि माघ महिनासम्म डडेल्धुराका २ सय ३४ जना महिलाले सो सेवा लिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार गत आर्थिक वर्षमा डडेल्धुराका १ सय ९९ जना महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।
जनमानसमा चेतना जागेसँगै सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा बृद्धि भएको उहाँको भनाई छ । जनचेतना अभाव तथा लजाउने लगायतका कारणले विगतका बर्षहरुमा असुरक्षित गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा थप असर पर्ने गरेको थियो ।
डडेल्धुरा जिल्लाका ३ स्वास्थ्य संस्थाबाट प्रदान गरिएको तथ्याङ्क अनुसार जिल्लाभरका २ सय ३४ जना महिलाले सेवा लिएका हुन् । उप–क्षेत्रीय अस्पताल, मेरी स्टोप्स सेन्टर र जोगबुडा अस्पताल सहित डडेल्धुराका १२ वटा स्वास्थ्य संस्थाहरुले गर्भपतन सेवा उपलब्ध गराउँदै आएको छ । जसमध्ये उप–क्षेत्रीय अस्पताल, मेरी स्टोप्स सेन्टर र जोगबुडा अस्पतालबाट गर्भपतनलाई मात्रै सुरक्षित गर्भपतन सेवा मानिने उहाँले बताउनुभयो । तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिकृत स्वास्थ्य संस्थामा मात्र यो सेवा दिइने गरिन्छ ।
गर्भपतन सेवा लिनेमा अधिकांश १८ देखि ३५ वर्षसम्मका विवाहित र अविवाहित महिलाहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका स्वास्थ्य प्रमूख शाहीले बताए । कानुनले तोकेअनुसार गर्भवतीको स्वेच्छाले ९ हप्ता सम्मको, जबरजस्ती वा हाडनाता करणीबाट बसेको गर्भ भए १८ हप्तासम्मको वा प्रसवको कारण शारिरिक वा मानसिक असर पर्ने भएमा जुनसुकै अवस्थामा भएपनि सुचिकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउन सकिने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो । महिला खबरमा प्रकाशित समाचार ।
वैशाख २८ काठमाडौं । घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको...
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...