साउन १८,काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनाउने स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानविन समिति माग गर्दै संसद अवरोध गरिरहेका बेला सरकारले त्यसबाट अनुसन्धान प्रभावित हुनसक्ने भन्दै अर्को समिति नबनाउने प्रस्ट पारेको हो।
सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको शक्तिशाली विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ आशंका गर्ने कुनै ठाउँ नरहेकोजानकारी दिइन्।
सिहंदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, 'सरकार दृढतापूर्वक नलागेको भए यो सुन पनि समातिने थिएन। राजस्व विभाग सरकारको सबैभन्दा शक्तिशाली विभाग हो। त्यो विभागले आफ्नो काम र प्रक्रियाहरू अगाडि बढाइरहेका बेलामा थप अनुसन्धान गर्न समिति बनाउने, विषयवस्तुलाई डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्छ भन्ने हामीलाई लागेको छ,' ।
उनले सुन तस्करीको रुट कजमा पुग्ने कमिटमेन्ट सरकारले गरेको भन्दै कुनै आशंका नगर्न आग्रह गरिन्।'सरकारले जे गर्दैछ त्यसको रुट कजमा पुग्ने कोसिस गर्दैछ। छानविन प्रभावकारी ढंगले अगाडि बढिरहेको पनि छ। हुन्न कि हुन्छ कि प्रभावकारी हुँदैन कि भन्ने जुन आशंका छ, ती आशंका चीर्न कुरेर हेर्नैपर्छ, उनले भनिन्।
सरकारको अनुसन्धानप्रति आशंका लागे पछि समिति बनाउन सकिने उनको भनाइ छ।अहिले अर्को समिति बनाएर अघि बढ्दा वास्तविक दोषी समात्न समस्या आउँछ भन्ने सरकारको भनाइ छ,' उनले भनिन्'।