असार १०, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपयाँको बजेट सार्वजनिक गरेको छ।
आइतबार महानगरको नगर सभामार्फत काठमाडौंमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्।
महानगरको बजेटमा चालु तर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ रहेको छ। आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिताकता दिइएको डंगोलले जानकारी दिइन्।
उनले पूर्वाधार क्षेत्रमा सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको बताइन्।
उनले सरल र सुलभ रूपमा स्वास्थ्य सेवा दिने र सहुलियत दरमा औषधि उपलब्ध गराउन योजना तर्जुमा गरिएको बताइन्।
विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम र आवश्यक उपकरण खरिद गर्न ३ करोडभन्दा बढी विनियोजन गरिएको उनले बताइन्।