Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरी हुन नसकेर छट्पटाउँदै २५ वर्षीया लालसरी

  |      14:24:00   |  
सुत्केरी हुन नसकेर छट्पटाउँदै २५ वर्षीया लालसरी

असार २६, मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन् । सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन् । 

सुत्केरी व्यथा लागेकी बुढाको शरीरबाट अत्यधिक रगत बग्न थालेको छ । गाउँ नजीकै रहेको युना आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी गुम्बामा गएको बताइएको छ । स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नभएकाले बुढालाई बिच्छ्या स्वास्थ्यचौकीमा लैजान खोज्दा बाटो अविरल वर्षाका कारण पहिराबाट भत्किएको र महिलाका शरीरबाट रगत बगिरहेकाले उक्त स्वास्थ्यचौकीमा पुग्न नसकेको स्थानीयवासी अर्जुन रोकायाले बताउनुभयो ।

स्थानीयवासीको सक्रियतामा गर्भवतीलाई बिच्छ्या स्वास्थ्यचौकीमा पु¥याउन नसकी घर फर्काइएको खबर राससमा  छ । बुढाको शरीरबाट रगत बगेको र सुत्केरी हुन नसकेको बारे स्वास्थ्यकर्मीलाई खबर गरेर गाउँमै बोलाइए पनि पहिराले गर्दा स्वास्थ्यकर्मीसमेत आउन नसकेको रोकायाको भनाइ छ । बिच्छ्या स्वास्थ्यचौकी युनाबाट करीब पाँच घण्टाको पैदल दूरीमा पर्छ ।

दुर्गम उक्त गाउँबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती बोकेर ल्याउन तीन दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । बुढालाई बोकेर ल्याउँदा वर्षाका कारण पहिरो आएमा बीच बाटामा अलपत्र पर्ने र ज्यान जाने जोखिमका डरले कोल्टी ल्याउन नसकिएको रोकाया बताउनुहुन्छ । 

गर्भवतीको उच्च रक्तश्राव भइरहेकाले तत्काल उपचार नभए ज्यान जान सक्ने भएको छ । हिमाली गाउँपालिकाले भने स्वास्थ्य संस्थाले गर्भवतीको उपचारका लागि सिफारिस नगर्दासम्मका गाउँपालिका स्वास्थ्य शाखाले कुनै प्रक्रिया अघि बढाउन नसक्ने जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement