नवलपरासी । सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराइने भएको छ । नगरपालिकाको आइतबार सम्पन्न पहिलो जनप्रतिनिधिको बोर्ड बैठकले ‘सुत्केरी स्याहार पोषण' वापत २ हजार नगद र नि:शुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख भिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउन ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने प्रावधान राखिएको छ । बैठकबाट निर्णय भएको उक्त सुविधा नगर परिषद्ले पास गरेपछि तत्काल लागू हुने छ ।
त्यसैगरी नगर क्षेत्रमा रहेका सुत्केरी, जेष्ठ नागरिक र असहायको निःशुल्क स्वास्थ्य बीमा गर्नका लागि आवश्यक प्रकृया अघि बढाउन उपप्रमुख दधिराम अर्यालको संयोजकत्वमा पाँच सदस्यीय ‘स्वास्थ्य बीमा अध्ययन समिति' गठन गरिएको छ ।
नगर क्षेत्रमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै वितरण हुन रोकिएका जग्गाधनीपुर्जाको अध्ययन गरी वितरणको व्यवस्था मिलाउन उपप्रमुख अर्यालको संयोजकत्वमा जग्गा व्यवस्थापन अध्ययन समिति गठन गरिएको छ । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।
जिल्लामा गठन भएको मनसोबा सुकुम्बासी समस्या समाधान आयोगले वितरण गरेका करिब छ हजार बढी जग्गाधनी पूर्जा अख्तियारमा मुद्दा परेपछि वितरण हुन सकेको छैन।
त्यस्तै बोर्ड बैठकले एक महिना भित्र सबै वडामा कार्यालय स्थापना गर्ने, बालमैत्री नगर क्षेत्र विस्तार गर्ने र जग्गा प्लटिङ्ग र नक्शा पास न्यूनतम मापदण्ड पूरा गरेर लागू गर्ने निर्णय गरेको छ ।
वैशाख २८ काठमाडौं । घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको...
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...