साउन ५, काठमाडौं । (नागरिक )कोशी प्रदेश प्रथम -त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित बिबिएस दोस्रो वर्षको नतिजामा विरानगर ९ स्थित सोम्स कलेज प्रदेश प्रथम भएको छ । सोम्सकी छात्रा शारदा श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरी प्रदेश प्रथम भएकी छन् ।
विद्यार्थीको पहिलो रोजाइमा पर्ने सोम्स कलेजको शैक्षिक वातावरण सहयोगी शिक्षक समूह चुक्त व्यवस्थापन र प्रयोगात्मक सिकाइ त्रियाकलाप नै आफ्नो सफलताको कारण भएको छात्रा श्रेष्ठले बताइन्।
हाल यस कलेजमा त्रिविविद्वारा सम्बन्धन प्राप्त ४ वर्षे बिबिएस, युकेको एसिसिए, राष्ट्रिय परीक्षाबोर्डद्वारा सम्बन्धन प्राप्त कक्षा १२ मा व्यवस्थापन संकायमा अध्यापन गराइरहेको कलेजका सञ्चालक रोशन घिमिरेले बताए।