असार २२ ,काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् ।
एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले ५ महिनामै राजनीतिबाट बिदा लिएकी हुन् ।
सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् । हाल धरानमा रहेकी एलिजाले लेखेकी छिन्, ‘ उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ ।
यसका साथै काठमाडौँका मेयर बालेन साहसँग वृक्षारोपण गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको बताइन् ।। एलिजा गौतमले अब आफ्ना आगामी दिन समाजसेवामा नै सक्रिय हुने बताएकी छिन् ।