Advertisement
Advertisement
Advertisement
Advertisement

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ: उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

  |      17:19:00   |  
web imege
web imege

असोज २८, काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् । आइतबार नेकपा(एमाले)काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरिय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी हुन् ।

उनले देशमा जात–जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको जानकारी दिइन् । उनले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् । 

‘यतिबेला विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरविरोधहरु सिर्जना गर्ने काम भएको छ । यो बिल्कुल गलत काम हो भन्ने मलाई लाग्दछ’ उनले भनिन्, ‘अहिलेसम्म हामी जुन ढंगले मिलेर बसेका छौँ, हाम्रो राष्ट्रियतालाई बलियो बनाएर विश्वमै एउटा परिचय र पहिचान दिइराखेका छौँ । त्यो कुरालाई हामीले जिवित बनाउन सक्यौँ भने मात्रै अझै नेपाल र नेपालीको इज्जत रहन्छ ।

उनले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताइन् । शाक्यले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरुलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने जानकारी दिइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement