साउन २६,काठमाडौं ।साउदीमा रहेको नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रुपमा घरेलु काममा साउदी प¥याएका चार नेपाली महिलाको उद्वार गरेर स्वदेश पठाएको छ ।दूतवासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्वार तीन महिना दूतवासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाएको हो ।
दूतवासका अनुसार कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरुलाई भारत हुदै कुवेत प¥याएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेन्टले उहाँहरुलाई साउदी अरब पु¥याएर सात महिना सम्म बिना तलब घरमा काम लगाएको सूचनाका आधारमा दूतवासले साउदी प्रहरीको सहयोग लिएर उद्वार गरी अल्पकालीन आवासमा राखिएको थियो ।
दूतवासका अनुसार साउदीमा उनीहरुलाई झन्डै सातमहिनासम्म घरमालिकले बिनातलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने,शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ । दूतवासले साउदीको धरेलु श्रमिक कार्यालयसँग समन्वय गरी उनीहरुको स्वदेश फिर्ताका लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गंमन भिंसा लगाएर बुधबार स्वदेश पठाएको हो।