Advertisement
Advertisement
Advertisement
Advertisement

साउदी महिलाका लागि ‘ऐतिहासिक दिन’ !

  |      17:23:00   |  
वेब तस्विर
वेब तस्विर

असार २१ साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ।


रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको एकजना बीबीसी संवाददाता बताउँछन्।स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो।


पछिल्लो परिवर्तनको घोषणा अघिल्लो सेप्टेम्बर महिनामा गरिएको थियो।यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरिरहेको देशलाई आधुनिकीकरणतर्फ डोर्‍याउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

 

साउदी अरेबियाले यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरेको थियो।

 

यसअघि विश्वमा महिलाहरूलाई सवारी साधन चलाउन नदिने साउदी अरेबिया एकमात्रै देश थियो।

 

परिवारहरूले महिला नातेदारका लागि निजी गाडी भाडामा लिने अभ्यास त्यहाँ रहेको थियो।

 

झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ।

 

बीबीसीका एक मध्यपूर्व विश्लेषक भन्छन् उक्त अधिकारको पक्षमा वकालत गर्ने धेरै महिला अधिकारकर्मीहरूलाई अघिल्लो महिना थुनामा राखिएकाले सवारी साधन चलाउन पाउने अधिकारको कार्यान्वयन शुरूमै छायामा परे जस्तो देखिन्छ।

 

अधिकारवादी संस्था एमनेस्टी इन्टरनेश्नलका अनुसार कम्तीमा आठजना महिलाहरू थुनामा छन् र उनीहरूलाई प्रतिआतंकवादसम्बन्धी अदालतमा अभियोग दायर गरिनसक्छ।

 

अवाज उठाएबापत उनीहरूलाई लामो जेल सजाय समेत हुनसक्ने अधिकारवादी संस्थाहरू बताउँछन्।

 

एमनेस्टीले हालपनि पुरूष अभिभावकत्वको प्रथा कायम रहेको साउदी अरेबीयामा अरू बृहत् सुधारका कदमहरू चाल्न पनि भनेको छ।

 

महिलाहरूलाई सवारी चलाउनुपर्ने अधिकार दिइनुपर्ने मागसहित अधिकारवादी समूहरूले वर्षौँयता साउदीमा अभियानहरू चलाएका थिए।

 

सवारी चलाएकोमा सन् १९९० मा रियादबाट दर्जनौँ महिलाहरूलाई पक्राउ गरिएको थियो।

 

केही महिलाहरूले आफूले सवारी चलाएका भिडिओहरू सन् २००८ र सन् २०११ देखि सन् २०१४ को बीचमा पोष्ट गरेका थिए।

 

अब हजारौँ महिलाले सडकमा सवारी साधन गुडाउने ठानिएको छ।

 

साउदीकी एकजना टेलिभिजन प्रस्तोता सबिका अल दोसारीले एएफपी समाचार संस्थालाई भनिन्, "यो प्रत्येक साउदी महिलाका लागि ऐतिहासिक दिन हो।"

 

उनले सवारी चलाउन प्रतिबन्ध खुलेको केही मिनेटभित्रै आफूले गाडी चलाएको पनि बताइन्।

 

जुन ५ तारिखमा १० जना महिलाहरूलाई पहिलो पटक साउदी अरेबियाले सवारी चालक अनुमतिपत्र जारी गरेको थियो।

 

यो प्रतिबन्ध खुल्ला हुँदासम्म त्यसरी अनुमतिपत्र पाइसकेका महिलाको संख्या करिब दुई हजार पुग्ने अधिकारीहरूले अपेक्षा गरेका थिए।

 

साउदी अरेबियाका महिलाहरू अझै पनि यात्रा गर्न, सम्बन्ध विच्छेद गर्न वा पुरुष नातेदारको सहमति बिना जेलबाट समेत बाहिर निक्लन स्वतन्त्र छैनन्।

-बीबीसीबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement