Advertisement
Advertisement
Advertisement
Advertisement

साइबर सुरक्षामा सरकार संवेदनशील छ : सञ्चारमन्त्री रेखा शर्मा

  |      13:41:00   |  
web image
web image

बैशाख १९,काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील रहेको बताएकी छन् । उनले विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बताइन् ।

‘साइबर सुरक्षाबारे विगत घटनाबाट सिकेर त्यसबारे अध्ययन र छानबिन गर्न सरकारले कार्यदल बनाएको थियो । कार्यदलको अध्ययनपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अघि बढाएको छ, अहिले हामीले त्यसबारे नीति बनाउने काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ मन्त्री शर्माले भनिन् ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले मंगलबार गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विशेष समारोहमा मन्त्री शर्माले सूचना प्रविधि पछिल्लो समय मानव जीवनको अत्यावश्यक साधन बनेको बताइन् ।

‘सूचना प्रविधि कुनै समय मनोरञ्जनको साधनकारुपमा बुझिन्थ्यो, तर अहिले अत्यावश्यक साधन बनेको छ । यसको प्रयोगले आमनागरिकको जीवनलाई सहज र सकारात्मक परिवर्तन आएको छ । राज्यले नागरिकलाई पुर्‍याउने सेवा प्रवाहलाई प्रविधिले सहज र सरल बनाएको छ,’ उनले भनिन्, ‘त्यसैले यसलाई अझै विस्तार गरेर सूचना प्रविधिमा आमनागरिकको समान पहुँच पुर्‍याउनु हाम्रो दायित्व बनेको छ ।’

मन्त्री शर्माले सबै नागरिकमा सूचना प्रविधिको समान पहुँच विस्तारका लागि सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उपकरणहरूमा सरकारले लगाउने करको दर घटाउनुपर्ने बताइन् । ‘सूचना प्रविधि अब मनोरञ्जनको क्षेत्र होइन, विगतमा यसलाई मनोरञ्जनको साधनका रुपमा मदिराकै बराबर कर लगाउने गरिएको रहेछ,’ मन्त्री शर्माले भनिन्, ‘तर अब यो मनोरञ्जन नभएर अत्यावश्यक बस्तु नै भइसक्यो, त्यसैले यसलाई त्यहीअनुसार करको दरमा पनि फेरबदल हुन्छ, त्यसमा सरकारको ध्यानाकर्षण भइसकेको छ ।’

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement